चैत्र १४, २०८२ शनिबार | २०:०३:४२
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

सिनियरतर्फ एरिका र स्यान्टु उत्कृष्ट

सिनियर महिलातर्फ उत्कृष्ट घोषित एरिका गुरुङलाई ट्रफी हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं ।  १९औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेलेका टेबलटेनिसका स्यान्टु श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सिनियरतर्फ उत्कृष्ट खेलाडीबाट सम्मान गरेको छ ।

एरिका महिला तथा स्यान्टु पुरुषतर्फ उत्कृष्ट ठहरिए । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

यसैगरी जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथलेटिक्सकी देविकीकुमारी धामी उत्कृष्ट घोषित भए । दुवैलाई समान ५० हजार रुपैयाँ प्रदान गरियो ।

पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनले प्राप्त गरिन् । पलेशालाई ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो । उनीले भर्खरै सम्पन्न पेरिस ओलम्पिकमा पनि कांस्य जितेर इतिहास रचेकी थिइन् । 

सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीप गोवर्धनलाई पनि कदरपत्रसहित सम्मान गरेको थियो । अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदर पत्रसहित सम्मान गरियो ।

जुनियर पुरुषतर्फ उत्कृष्ट घोषित दीपेश कँडेललाई ट्रफी हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रशिक्षक कुशल श्रेष्ठले भने राखेप करार प्रशिक्षकतर्फको पुरस्कार पाए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए ।

वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहालले प्राप्त गरे ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । दुवैलाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्ख प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसीलाई प्रदान गरियो  ।  उनीहरु १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवैलाई १० हजार रुपैयाँ प्रदान गरियो ।

करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार रुपैयाँ सहित सम्मानित भए । 

राखेपबाट सम्मानित हुनेहरु । 

उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा.लिलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्यसचिवहरु जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो । अन्य सदस्यसचिवको भने उपस्थिती थिएन ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर र नन्दा बस्याललगायतले सम्मानित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो