माघ १६, २०८२ शुक्रबार | ००:३७:३२
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

स्पोर्टस अवार्डः पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

पुरुष र महिला खेलाडीको मनोनयनमा परेकाहरु ।

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पुरुष र महिला खेलाडी विधाको मनोनयन सार्वजनिक गरेको छ ।

शुक्रबार हुने अवार्डको २१ औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कष्ट पाँच खेलाडी सार्वजनिक गर्यो । वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छानिएकाे मञ्चले जनाएको छ ।

मञ्चले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट पुरुष खेलाडीको विधामा क्रिकेटका रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका महम्मद शेखु आलम र गल्फका सुवास तामाङ छन् । 

यसैगरी उत्कृष्ट महिला खेलाडीको विधामा करातेकी एरिका गुरुङ, कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा छन् ।

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

मनोनयन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन तस्विर सौजन्यः एनएसजेएफ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो ।

मञ्चले गत संस्करण पहिलो पटक दुवै विधामा प्रारम्भिक चरणअन्तर्गत आठ खेलाडीको मनोनयन सावर्जनिक गरेको थियो । तर, मञ्च यसपालि फेरि पुरानै संरचनामा फर्केको हो ।

खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले सरोकारवालाहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर मञ्चले यसपालि हरेक विधामा पाँच खेलाडीलाई मनोयनमा राखेको बताए ।

‘गत संस्करण हामीले कोही नछुट्टोस् भनेर विधागत पुरस्कारमा तीन तीन खेलाडी थप गरेका थियों । तर, खेल विज्ञ, विभिन्न खेलकुद संघका पदाधिकारी र अन्य सरोकारवालाहरुले पाँच खेलाडी राख्दा नै राम्रो हुने सल्लाह र सुझाव दिएपछि हामी पुरानै संरचनामा फर्केका हौं,’ मञ्चका महासचिव पनि रहेका ओलीले भने ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।