चैत्र १८, २०८२ बुधबार | ०६:०५:२३
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

स्पोर्टस अवार्डः पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

पुरुष र महिला खेलाडीको मनोनयनमा परेकाहरु ।

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पुरुष र महिला खेलाडी विधाको मनोनयन सार्वजनिक गरेको छ ।

शुक्रबार हुने अवार्डको २१ औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कष्ट पाँच खेलाडी सार्वजनिक गर्यो । वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छानिएकाे मञ्चले जनाएको छ ।

मञ्चले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट पुरुष खेलाडीको विधामा क्रिकेटका रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका महम्मद शेखु आलम र गल्फका सुवास तामाङ छन् । 

यसैगरी उत्कृष्ट महिला खेलाडीको विधामा करातेकी एरिका गुरुङ, कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा छन् ।

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

मनोनयन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन तस्विर सौजन्यः एनएसजेएफ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो ।

मञ्चले गत संस्करण पहिलो पटक दुवै विधामा प्रारम्भिक चरणअन्तर्गत आठ खेलाडीको मनोनयन सावर्जनिक गरेको थियो । तर, मञ्च यसपालि फेरि पुरानै संरचनामा फर्केको हो ।

खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले सरोकारवालाहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर मञ्चले यसपालि हरेक विधामा पाँच खेलाडीलाई मनोयनमा राखेको बताए ।

‘गत संस्करण हामीले कोही नछुट्टोस् भनेर विधागत पुरस्कारमा तीन तीन खेलाडी थप गरेका थियों । तर, खेल विज्ञ, विभिन्न खेलकुद संघका पदाधिकारी र अन्य सरोकारवालाहरुले पाँच खेलाडी राख्दा नै राम्रो हुने सल्लाह र सुझाव दिएपछि हामी पुरानै संरचनामा फर्केका हौं,’ मञ्चका महासचिव पनि रहेका ओलीले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो