चैत्र १६, २०८२ सोमबार | २२:५५:४१
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

सुर्खेतमा हुने इ-स्पोर्टस च्याम्पियनसिपको तयारी पूरा

सुर्खेत । पहिलो राष्ट्रिय  इ-स्पोर्टस च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक इ-स्पोर्टस संघ नेपाल (इशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो ।

कर्णाली प्रदेश इ-स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा  हुँदैछ ।

इशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आइसकेको बताए ।

पब्जी मोबाईल, मोबाइल लेजेण्ड्स र इ-फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र इ-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मोबाईल लेजण्ड्स र इ-फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाइनल ल्यान इभेन्ट शुक्रबार र शनिबार भौतिक रूमा हुने सचिव दाहालले बताए ।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र  इ फुटबलमा १ लाख रुपैयाँ प्रदान गरिने छ ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिता सुर्खेतमा गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राष्ट्रिय)  र कर्णाली प्रदेश इ स्पोर्टस संघले सहयोग गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो