माघ १७, २०८२ शनिबार | ०४:४८:२६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

नेपाल टी २० लिगः छानबिन समितीले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल टि २० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा कमजोर व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ ।

समितिले बुधबार नेपाल टी २० लिग आयोजनाका लागि भातीय कम्पनी सेभन थ्री स्पोर्टस् र नेपाल क्रिकेट संघ (क्यान)बीच भएको सम्झौता खारेज गर्ने लगायतका निश्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदले  नेपाल क्रिकेट संघ (क्यान) का सरोकार पक्षहरुबाट नेपाल टी २० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको छ ।

नेपाल टी २० लिगमा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सिआईबीबाट भईरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउने निर्णय कार्यदलले गरेको छ ।

प्रतिवेदनमा सरोकारवाला निकाय एवं  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख गरिएको छ ।

क्यानको आयोजनामा पुस ९ देखि २७ सम्म भएकाे प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्विकार गरेपछि विवादित नेपाल टी २० लिग थप विवादमा तानिएको थियो ।

खेलाडीमाथि अन्याय हुँदा समेत क्यान मौन बसेको भन्दै  राखेपले बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिती गठन गरेको थियो । छानबिन समितीले पूव कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, पूर्व प्रशिक्षक जगत टमाटा, वर्तमान कप्तान रोहित पौडेल, तीब्र गतिका बलर सोमपाल कामी, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल लगायतसँग बयान लिएको थियो ।

प्रतियोगिताका दौरान खेल मिलेमतो, स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

सिआइबीले सोमबार खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

यस विषयमा थप अनुसन्धान गर्नका लागि सिआइबीलाई पाँच दिनको म्याद थप गरिएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।