चैत्र ५, २०८२ बिहीबार | ११:३७:५१
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

अस्ट्रेलियासँग इङ्ल्यान्ड ६ विकेटले पराजित

काठमाडौं । पहिलो एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । एडिलेडमा बिहीबार घरेलु टोली अस्ट्रेलियाले जितसँगै तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८७ रन बनाएको थियो । दुई सय ८८ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको थियो ।

अस्ट्रेलियाको जितमा तीन खेलाडीले अर्धसतक प्रहार गरेका थिए । ओपनर डेविड वार्नरले ८४ बलमा ८६ रन बनाएका थिए । अर्का ओपनर ट्रयाभिस हेडले ५७ बलमा ६९ रनको योगदान गरेका थिए । दुवैले पहिलो विकेटका लागि एक सय ४७ रनको साझेदारी गरेका थिए । यसैगरी स्टेभन स्मिथले ७८ बलमा अविजित ८० रनको योगदान गरेका थिए । बलिङतर्फ इङ्ल्यान्डका डेविड विलीले सर्वाधिक दुई विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले डेविड मालानको सतक प्रेरणामा दुई सय ८७ रन बनाएको थियो । तर, अन्य खेलाडीले उत्कृष्ट साथ नदिँदा इङ्ल्यान्ड जितबाट टाढा भयो । डेविडले एक सय २८ बलमा १२ चौका र चार छक्का मद्धतमा एक सय ३४ रन बनाएका थिए । यसैगरी डेविड विलीले अविजित ३४, जस बट्लरले २९ रनको योगदान गरेका थिए ।

बलिङतर्फ अस्ट्रेलियाका पाट कमिन्स र एडम जाम्पाले सर्वाधिक तीन विकेट लिएका थिए । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं