माघ १७, २०८२ शनिबार | ०४:०१:२९
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

अस्ट्रेलियासँग इङ्ल्यान्ड ६ विकेटले पराजित

काठमाडौं । पहिलो एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । एडिलेडमा बिहीबार घरेलु टोली अस्ट्रेलियाले जितसँगै तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८७ रन बनाएको थियो । दुई सय ८८ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको थियो ।

अस्ट्रेलियाको जितमा तीन खेलाडीले अर्धसतक प्रहार गरेका थिए । ओपनर डेविड वार्नरले ८४ बलमा ८६ रन बनाएका थिए । अर्का ओपनर ट्रयाभिस हेडले ५७ बलमा ६९ रनको योगदान गरेका थिए । दुवैले पहिलो विकेटका लागि एक सय ४७ रनको साझेदारी गरेका थिए । यसैगरी स्टेभन स्मिथले ७८ बलमा अविजित ८० रनको योगदान गरेका थिए । बलिङतर्फ इङ्ल्यान्डका डेविड विलीले सर्वाधिक दुई विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले डेविड मालानको सतक प्रेरणामा दुई सय ८७ रन बनाएको थियो । तर, अन्य खेलाडीले उत्कृष्ट साथ नदिँदा इङ्ल्यान्ड जितबाट टाढा भयो । डेविडले एक सय २८ बलमा १२ चौका र चार छक्का मद्धतमा एक सय ३४ रन बनाएका थिए । यसैगरी डेविड विलीले अविजित ३४, जस बट्लरले २९ रनको योगदान गरेका थिए ।

बलिङतर्फ अस्ट्रेलियाका पाट कमिन्स र एडम जाम्पाले सर्वाधिक तीन विकेट लिएका थिए । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।