चैत्र ८, २०८२ आइतबार | १३:४५:३६
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

रुसोको अविजित सतक प्रेरित दक्षिण अफ्रिकाले हरायो भारतलाई

इन्दोर । कमजोर तरिकाले भारत भ्रमण सुरु गरेको दक्षिण अफ्रिकाले तीन खेलको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ ।

इन्दोरमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा रोक्दै सान्त्वना जित हासिल गर्यो ।

भारतलाई अपेक्षा गरिएभन्दा सानो स्कोरमा रोक्नका लागि दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेटमा नाम लेखाए । यसैगरी कागिसो रावाडाले एक विकेट लिए ।

भारतका कप्तान ओपनर राहुल शर्मा खाता खोल्न नपाउँदै पवेलियन फर्किएको खेलमा घरेलु टोलीका लागि दीनेश कार्तिकले बनाएको ४६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो ।

भारतका दीपक चहरले ३१, ऋषव पन्तले २७, उमेश यादवले अविजित २० तथा हर्षल पटेलले १७ रन बनाए ।

यसअघि रिले रुसोले अविजित सतक प्रहार गरेपछि टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार गरेको थियो ।

४८ बल खेलेका रुसोले आठ छक्का र सात चौकासहित अविजित सय रनको इनिङ खेल्दा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले ६८ रन बनाए । डी ककले ४३ बलमा चार छक्कार ६ चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टान स्टब्सले २३ तथा डेविड मिलरले अविजित १९ रनको योगदान गरे । स्टब्सले १८ बलमा एक छक्का र दुई चौका प्रहार गर्दा पाँच बल खेलेका मिलरले तीन छक्का हाने ।

भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेटमा नाम लेखाए ।

भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रियमा १६ रनको जिन हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो