माघ १७, २०८२ शनिबार | ०२:५३:१७
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

रुसोको अविजित सतक प्रेरित दक्षिण अफ्रिकाले हरायो भारतलाई

इन्दोर । कमजोर तरिकाले भारत भ्रमण सुरु गरेको दक्षिण अफ्रिकाले तीन खेलको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ ।

इन्दोरमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा रोक्दै सान्त्वना जित हासिल गर्यो ।

भारतलाई अपेक्षा गरिएभन्दा सानो स्कोरमा रोक्नका लागि दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेटमा नाम लेखाए । यसैगरी कागिसो रावाडाले एक विकेट लिए ।

भारतका कप्तान ओपनर राहुल शर्मा खाता खोल्न नपाउँदै पवेलियन फर्किएको खेलमा घरेलु टोलीका लागि दीनेश कार्तिकले बनाएको ४६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो ।

भारतका दीपक चहरले ३१, ऋषव पन्तले २७, उमेश यादवले अविजित २० तथा हर्षल पटेलले १७ रन बनाए ।

यसअघि रिले रुसोले अविजित सतक प्रहार गरेपछि टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार गरेको थियो ।

४८ बल खेलेका रुसोले आठ छक्का र सात चौकासहित अविजित सय रनको इनिङ खेल्दा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले ६८ रन बनाए । डी ककले ४३ बलमा चार छक्कार ६ चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टान स्टब्सले २३ तथा डेविड मिलरले अविजित १९ रनको योगदान गरे । स्टब्सले १८ बलमा एक छक्का र दुई चौका प्रहार गर्दा पाँच बल खेलेका मिलरले तीन छक्का हाने ।

भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेटमा नाम लेखाए ।

भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रियमा १६ रनको जिन हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।