माघ १५, २०८२ बिहीबार | ०५:०८:१२
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

इङल्यान्डको सहज जित

लाहोर । इङल्यान्डले मंगलबार पाकिस्तानमाथि ६ विकेटको जितसहित सात ट्वान्टी२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ ।

१७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा सहज जित पक्का गर्यो ।

पाकिस्तानविरुद्धको खेलसँगै इङल्यान्डबाट डेब्यु गरेका उडले तीन विकेट लिँदा हेल्सले अर्धशतकसहित सन् २०१९ पछिको पुनरागमन सुखद पारे ।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य इङल्यान्डले १९.२ ओभरमा मात्र चार विकेटको क्षतीमा पूरा गर्यो । 

इङल्यान्डका हेल्सले ५३ र ह्यारी ब्रुकले अविजित ४२ रन जोडे । हेल्सले ४० बलमा सात चौका प्रहार गर्दा ब्रुकले २५ बलमा सात चौका प्रहार गरे ।
पाकिस्तानका उस्मान कादिरले दुई तथा हरिस रौफ र सहानवाजले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेका थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । रिजवानले ४६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दा आजमले २४ बला ३ चौका प्रहार गरे ।

इङल्यान्डका उडले तीन, आदिल रसिदले दुई तथा साम कुरान र मोइन अलीले समान एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।