चैत्र ७, २०८२ शनिबार | १८:३८:२१
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

बलात्कारको आरोप लागेका सन्दीपलाई कप्तानबाट निलम्बन गरिने

काठमाडौं । विवादास्पद ढंगमा नेपाली राष्ट्रिय टिमको कप्तान नियुक्त भएका युवा स्पिनर सन्दीप लामिछाने अर्को विवादको भूमरीमा जाकिएका छन् ।

उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० तथा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीपलाई निलम्बन गरेको छ । क्यानले अनुसन्धान पूरा नभएसम्मका लागि उनलाई निलम्बन गर्ने तयारी गरेको उच्च अधिकारीहरुले बताएका छन् ।

यसैबीच राष्ट्रिय टोलीका कप्तान यौन शोषणको आरोपमा अनुसन्धानमा तानिएपछि क्यानले नेपाल ट्वान्टी २० लिगको विषयमा आजका लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरेको छ । क्यान पदाधिकारीहरुका अनुसार सन्दीपको विवाद भोलीसम्म साम्य भए भोली नै पत्रकार सम्मेलन राख्ने तयारी छ । भोलीसम्ममा पनि विवाद साम्य नभए त्यसपछि प्रहरीसँग समेत सल्लाह गरेर पत्रकार सम्मेलन राख्ने योजना रहेको क्यानका एक वरिष्ठ अधिकारीले जानकारी गराए ।

किशोरीले आफै गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दिनभर भक्तपुरका विभिन्न स्थानमा घुमाएर राती सिनामंगलस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको किशोरीको उजुरीमा उल्लेख थियो ।

सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गर्दै केन्यामा थिए । केन्यामा ट्वान्टी २० शृंखला सकिनेवित्तकै क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी उतैबाट क्यारेबियन पुगेका थिए ।

२२ वर्षे सन्दीप सिपिएलको टोली जमैका तालावाजमा अनुबन्धित छन् । प्रतियोगिता बिहीबार सुरु हुँदैछ । तर नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिएर भए पनि उनलाई नेपाल झिकाउने भनेपछि यसपाली सन्दीपले सिपिएल खेल्ने सम्भावना न्यून बनेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो