माघ १६, २०८२ शुक्रबार | ००:०३:३१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

बलात्कारको आरोप लागेका सन्दीपलाई कप्तानबाट निलम्बन गरिने

काठमाडौं । विवादास्पद ढंगमा नेपाली राष्ट्रिय टिमको कप्तान नियुक्त भएका युवा स्पिनर सन्दीप लामिछाने अर्को विवादको भूमरीमा जाकिएका छन् ।

उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० तथा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीपलाई निलम्बन गरेको छ । क्यानले अनुसन्धान पूरा नभएसम्मका लागि उनलाई निलम्बन गर्ने तयारी गरेको उच्च अधिकारीहरुले बताएका छन् ।

यसैबीच राष्ट्रिय टोलीका कप्तान यौन शोषणको आरोपमा अनुसन्धानमा तानिएपछि क्यानले नेपाल ट्वान्टी २० लिगको विषयमा आजका लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरेको छ । क्यान पदाधिकारीहरुका अनुसार सन्दीपको विवाद भोलीसम्म साम्य भए भोली नै पत्रकार सम्मेलन राख्ने तयारी छ । भोलीसम्ममा पनि विवाद साम्य नभए त्यसपछि प्रहरीसँग समेत सल्लाह गरेर पत्रकार सम्मेलन राख्ने योजना रहेको क्यानका एक वरिष्ठ अधिकारीले जानकारी गराए ।

किशोरीले आफै गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दिनभर भक्तपुरका विभिन्न स्थानमा घुमाएर राती सिनामंगलस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको किशोरीको उजुरीमा उल्लेख थियो ।

सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गर्दै केन्यामा थिए । केन्यामा ट्वान्टी २० शृंखला सकिनेवित्तकै क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी उतैबाट क्यारेबियन पुगेका थिए ।

२२ वर्षे सन्दीप सिपिएलको टोली जमैका तालावाजमा अनुबन्धित छन् । प्रतियोगिता बिहीबार सुरु हुँदैछ । तर नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिएर भए पनि उनलाई नेपाल झिकाउने भनेपछि यसपाली सन्दीपले सिपिएल खेल्ने सम्भावना न्यून बनेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।