माघ १५, २०८२ बिहीबार | १२:५६:१४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपालले जित्यो केन्याविरुद्धको ट्वान्टी २० शृंखला

काठमाडौं । अन्तिम ट्वान्टी २० अन्तर्राष्ट्रियमा ३१ रनको जितसँगै नेपालले केन्याविरुद्धको पाँच खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको छ । मंगलबार नौरबीस्थित जिमखाना क्लब मैदानमा भएको अन्तिम खेलमा ब्याटिङ रोजेको नेपालले १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय ७६ रनको लक्ष्य पछ्याएको घरेलु टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । केन्यालाई १ सय ५० भन्दा कममै सीमित गर्न नेपालका कप्तान सन्दीप लामिछाने र बासिर अहमले २/२ विकेट लिए । यस्तै करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

केन्याका लागि कप्तान शेन एनगोचेले ३३, नेहेमिया ओडियाम्बोले ३७, कोलिन्स ओबुयाले २३ तथा इर्फान करिमले २८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि पहिलो इनिङमा ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्रले ४१ बलमा ५ चौका र १ छक्कासहित ५० रन पूरा गरे । ज्ञानेन्द्रको यो अर्धशतक केन्या भ्रमणका क्रममा नेपाली खेलाडीले हानेको पहिलो अर्धशतक हो ।

नेपाली टिमका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्रको ट्वान्टी २० करिअरमा भने यो दोस्रो अर्धशतक हो ।

यस्तै नेपाली टिमका उपकप्तान रोहित कुमार पौडेल भने तीन रनले अर्धशतक बनाउनबाट चुके । चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका रोहितले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ७ चौकासहित ४७ रन बनाएर पेभेलियन फर्किनु पर्यो ।

त्यसअघि ज्ञानेन्द्रसँगै ओपनिङमा आएका अर्जुन साउदले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै २१ बलमा २९ रन जोडेका थिए । वान् डाउनमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी १८ बलमा २२ रन जोडेर पेभेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याका लागि नेहेमिया ओडियाम्बो, शेम एनगोचे र भिराज पटेलले दुई/दुई विकेट लिएका थिए । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा १८ रनले नतिजा सुम्पिएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो । चौथो खेलमा सात रनले नेपाल पराजित भएसँगै शृंखला २-२ को अवस्थामा पुगेको थियो । तर, अन्तिम खेलमा जितसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्न सफल भयो । अब नेपालले केन्यासँगै तीन खेलको एकदिवसीय शृंखला खेल्ने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।