चैत्र ७, २०८२ शनिबार | ११:४०:३०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपालले जित्यो केन्याविरुद्धको ट्वान्टी २० शृंखला

काठमाडौं । अन्तिम ट्वान्टी २० अन्तर्राष्ट्रियमा ३१ रनको जितसँगै नेपालले केन्याविरुद्धको पाँच खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको छ । मंगलबार नौरबीस्थित जिमखाना क्लब मैदानमा भएको अन्तिम खेलमा ब्याटिङ रोजेको नेपालले १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय ७६ रनको लक्ष्य पछ्याएको घरेलु टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । केन्यालाई १ सय ५० भन्दा कममै सीमित गर्न नेपालका कप्तान सन्दीप लामिछाने र बासिर अहमले २/२ विकेट लिए । यस्तै करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

केन्याका लागि कप्तान शेन एनगोचेले ३३, नेहेमिया ओडियाम्बोले ३७, कोलिन्स ओबुयाले २३ तथा इर्फान करिमले २८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि पहिलो इनिङमा ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्रले ४१ बलमा ५ चौका र १ छक्कासहित ५० रन पूरा गरे । ज्ञानेन्द्रको यो अर्धशतक केन्या भ्रमणका क्रममा नेपाली खेलाडीले हानेको पहिलो अर्धशतक हो ।

नेपाली टिमका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्रको ट्वान्टी २० करिअरमा भने यो दोस्रो अर्धशतक हो ।

यस्तै नेपाली टिमका उपकप्तान रोहित कुमार पौडेल भने तीन रनले अर्धशतक बनाउनबाट चुके । चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका रोहितले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ७ चौकासहित ४७ रन बनाएर पेभेलियन फर्किनु पर्यो ।

त्यसअघि ज्ञानेन्द्रसँगै ओपनिङमा आएका अर्जुन साउदले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै २१ बलमा २९ रन जोडेका थिए । वान् डाउनमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी १८ बलमा २२ रन जोडेर पेभेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याका लागि नेहेमिया ओडियाम्बो, शेम एनगोचे र भिराज पटेलले दुई/दुई विकेट लिएका थिए । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा १८ रनले नतिजा सुम्पिएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो । चौथो खेलमा सात रनले नेपाल पराजित भएसँगै शृंखला २-२ को अवस्थामा पुगेको थियो । तर, अन्तिम खेलमा जितसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्न सफल भयो । अब नेपालले केन्यासँगै तीन खेलको एकदिवसीय शृंखला खेल्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो