चैत्र ११, २०८२ बुधबार | ००:४२:१८
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

प्रतियोगिता र ट्रेनिङलाई निरन्तरता दिनुपर्छ– प्रशिक्षक टमाटा

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणसँगै धेरै भन्दा धेरै प्रतियोगिता खेल्न सकेमा टोलीको स्तर बढ्नेमा कुनै दुबिधा नभएको प्रतिक्रिया दिएका छन् । 

मलेसियामा सम्पन्न एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाल सामु जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाका कारण दोस्रो इनिङको खेल नै सम्भव भएन । जसका कारण समूह चरणमा ल्याएको नतिजाका कारण युएई फाइनल प्रवेश गर्दै एसिया कपका लागि छनोट हुँदा नेपाल निराश बनेको थियो ।

युएईले समूह चरणमा शतप्रतिशत नतिजा ल्याउँदै समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो भने नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो ।

‘सबै खेलहरु राम्रै खेलेका थियौ । एउटा खेल नराम्रो भयो, ‘ब्याड लक’ । एउटा लक्ष्य थियो त्यसमा हामी चुक्यौ । त्यसको जिम्मेवारी म आफैले लिनुपर्छ,’ उनले भने, ‘आफुलाई पनि नराम्रो फिल भएको छ । ठूलो अवसर गुम्यो । आइसिसी र एसिसीमा एउटा उपाधि हामीले राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

उपाधि जित्न नसके पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भएको टमाटाले बताए ।

‘बलिङ र ब्याटिङ दुवै राम्रो भएको थियो । अरुमा पनि राम्रै सुधार गरेका थियौ । उपाधि गयो त्यो दुख लागेको छ तर, सम्पूर्ण खेलाडीको प्रदर्शन एकदमै राम्रो थियो । हङकङसँगको खेल हामीले जितेको भए, समूह विजेता हुन्थ्यौ । म्याचको अन्तर हुन्थ्यो, फाइनल पुग्ने सम्भावना थियो । तर, ‘ब्याड लक’ ।’

यस्तै, अस्मिना कर्माचार्यको प्रदर्शन निकै तारिफ योग्य भएको ताउँदै प्रशिक्षक टमाटाले आगामी दिनमा निरन्तर ट्रेनिङ र एक्सपोजर हुनुपर्नेमा जोड दिए ।

‘यस्तो प्रतियोगितालाई निरन्तरता दिनुपर्छ, एक्सपोजर धेरै महत्वपूर्ण कुरा हो । र, निरन्तर टे«ेनिङ भएमा धेरै माथि जान्छ । एसिसी, त्यहाँको समर्थक सबैले हाम्रो तारिफ गरेको छ । अरु टिमले पनि नेपाल च्याम्पियन हो भनेका थिए,’ उनले भने, ‘तर, एउटै म्याचको कारण हार्न पुग्यौ । हामी बलियो भएर आउनेछौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो