माघ १५, २०८२ बिहीबार | ०९:२८:२०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

प्रतियोगिता र ट्रेनिङलाई निरन्तरता दिनुपर्छ– प्रशिक्षक टमाटा

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणसँगै धेरै भन्दा धेरै प्रतियोगिता खेल्न सकेमा टोलीको स्तर बढ्नेमा कुनै दुबिधा नभएको प्रतिक्रिया दिएका छन् । 

मलेसियामा सम्पन्न एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाल सामु जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाका कारण दोस्रो इनिङको खेल नै सम्भव भएन । जसका कारण समूह चरणमा ल्याएको नतिजाका कारण युएई फाइनल प्रवेश गर्दै एसिया कपका लागि छनोट हुँदा नेपाल निराश बनेको थियो ।

युएईले समूह चरणमा शतप्रतिशत नतिजा ल्याउँदै समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो भने नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो ।

‘सबै खेलहरु राम्रै खेलेका थियौ । एउटा खेल नराम्रो भयो, ‘ब्याड लक’ । एउटा लक्ष्य थियो त्यसमा हामी चुक्यौ । त्यसको जिम्मेवारी म आफैले लिनुपर्छ,’ उनले भने, ‘आफुलाई पनि नराम्रो फिल भएको छ । ठूलो अवसर गुम्यो । आइसिसी र एसिसीमा एउटा उपाधि हामीले राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

उपाधि जित्न नसके पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भएको टमाटाले बताए ।

‘बलिङ र ब्याटिङ दुवै राम्रो भएको थियो । अरुमा पनि राम्रै सुधार गरेका थियौ । उपाधि गयो त्यो दुख लागेको छ तर, सम्पूर्ण खेलाडीको प्रदर्शन एकदमै राम्रो थियो । हङकङसँगको खेल हामीले जितेको भए, समूह विजेता हुन्थ्यौ । म्याचको अन्तर हुन्थ्यो, फाइनल पुग्ने सम्भावना थियो । तर, ‘ब्याड लक’ ।’

यस्तै, अस्मिना कर्माचार्यको प्रदर्शन निकै तारिफ योग्य भएको ताउँदै प्रशिक्षक टमाटाले आगामी दिनमा निरन्तर ट्रेनिङ र एक्सपोजर हुनुपर्नेमा जोड दिए ।

‘यस्तो प्रतियोगितालाई निरन्तरता दिनुपर्छ, एक्सपोजर धेरै महत्वपूर्ण कुरा हो । र, निरन्तर टे«ेनिङ भएमा धेरै माथि जान्छ । एसिसी, त्यहाँको समर्थक सबैले हाम्रो तारिफ गरेको छ । अरु टिमले पनि नेपाल च्याम्पियन हो भनेका थिए,’ उनले भने, ‘तर, एउटै म्याचको कारण हार्न पुग्यौ । हामी बलियो भएर आउनेछौ ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।