चैत्र ८, २०८२ आइतबार | ०१:५४:१२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

खेल्नै नपाई बाहिरिँदा पीडा भयोः कप्तान क्षेत्री

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले जितको सम्भावना भए पनि खेल्नै नपाइ फर्किनु पर्दा नराम्रो लागेको प्रतिक्रिया दिएकी छिन् । 

मलेसियामा सम्पन्न एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाल सामु जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाका कारण दोस्रो इनिङको खेल नै सम्भव भएन । जसका कारण समूह चरणमा ल्याएको नतिजाका कारण युएई फाइनल प्रवेश गर्दै एसिया कपका लागि छनोट हुँदा नेपाल निराश बनेको थियो । 

युएईले समूह चरणमा शतप्रतिशत नतिजा ल्याउँदै समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो भने नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो ।

‘हामीले एसिया कपको संघारमा पुगेका थियौ  । तर, मौसमले गर्दा कसैलाई केही भन्न मिल्दैन । युएईजस्तो टिमसँग पहिला र अहिले कस्तो खेल्यौ भन्ने कुरा अर्थ राख्छ', उनले भनिन्, ‘यो नतिजालाई साइड राखेर हेर्ने हो भने टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले आफ्नो छबी फर्काउने काम गरेको छ । ’

महिला टिम सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै क्षेत्रीले युएईलाई ८१ रनमा अलआउट गर्नु ठूलो उपलब्धी  भएको बताइन् ।

‘खेलाडी र स्टाफले आफ्नो काम गरेकै हो । जबसम्म लेखेको हुँदैन तबसम्म नहँुदो रहेछ । युएईलाई ८१ रनमा अलआउट गर्नु भनेको धेरै ठूलो उपलब्धी हो,’ कप्तान क्षेत्रीले भनिन्, ‘हामीलाई पानी परेको भनेर थाहा थिएन । ब्याटिङको लागि तयारी अवस्थामा थियौ । मौसम हेर्दा पाँच ओभर हुन्छ भन्ने लागेको थियो । त्यसैले क्यालकुलेट गरेर बसेका थियौ । तर खेल नै नखेली हामी बाहिरनु  पर्यो ।’

यस्तै, श्रेत्रीले आठ विकेटसहित प्रतियोगिताकी उत्कृष्ट बलर अस्मिना कर्माचार्यको प्रदर्शनले आगामी प्रतियोगितामा राम्रो गर्न उत्साह मिलेको बताइन् ।

‘हाम्रो सुरुआती राम्रो थिएन ।  अस्मिनाले विकेट लिएर राम्रो गरेको थियो । डेब्यु म्याच राम्रो गरेर हामीलाई अर्काे म्याचको लागि उत्साह मिलेको छ,’ उनले भनिन्, ‘सकारात्मक कमेन्टले गर्दा राम्रो गरेको छौ जस्तो लाग्यो । सतप्रतिशत सुधार त भएको छैन तर, युगान्डासँगको खेलपछि चै केही सुधार भएको छ जस्तो लाग्यो ।’

यस्तै उनी निरन्तर प्रशिक्षण र बढीभन्दा बढी प्रतियोगिता खेलेमा आगामी प्रतियोगितामा राम्रो नतिजा आउने बताउँछिन् ।

‘यहि  प्रशिक्षणलाई निरन्तता दिइराख्यौ भने राम्रो हुन्छ । बाहिरको खेलाडीलाई पनि यहीं राखेर ट्रेनिङ गराउने विषयमा कुरा गरिरहेका छौ । एक–दुई दिन आराम गरेर प्रशिक्षणलाई निरन्तरता दिने तयारी भैरहेको छ’, उनले भनिन्, ‘संघले कहिले राख्नुहुन्छ त्यो थाहा छैन । युगान्डासँगको पाँच म्याचले यतिको नतिजा निकाल्न सक्छ भने दुई–तीन वटा श्रृंखला खेलेर गयौ भने राम्रो हुन्छौ ।’

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो