माघ १६, २०८२ शुक्रबार | ०८:१०:५५
यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो

खेल्नै नपाई बाहिरिँदा पीडा भयोः कप्तान क्षेत्री

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले जितको सम्भावना भए पनि खेल्नै नपाइ फर्किनु पर्दा नराम्रो लागेको प्रतिक्रिया दिएकी छिन् । 

मलेसियामा सम्पन्न एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाल सामु जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाका कारण दोस्रो इनिङको खेल नै सम्भव भएन । जसका कारण समूह चरणमा ल्याएको नतिजाका कारण युएई फाइनल प्रवेश गर्दै एसिया कपका लागि छनोट हुँदा नेपाल निराश बनेको थियो । 

युएईले समूह चरणमा शतप्रतिशत नतिजा ल्याउँदै समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको थियो भने नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो ।

‘हामीले एसिया कपको संघारमा पुगेका थियौ  । तर, मौसमले गर्दा कसैलाई केही भन्न मिल्दैन । युएईजस्तो टिमसँग पहिला र अहिले कस्तो खेल्यौ भन्ने कुरा अर्थ राख्छ', उनले भनिन्, ‘यो नतिजालाई साइड राखेर हेर्ने हो भने टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले आफ्नो छबी फर्काउने काम गरेको छ । ’

महिला टिम सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै क्षेत्रीले युएईलाई ८१ रनमा अलआउट गर्नु ठूलो उपलब्धी  भएको बताइन् ।

‘खेलाडी र स्टाफले आफ्नो काम गरेकै हो । जबसम्म लेखेको हुँदैन तबसम्म नहँुदो रहेछ । युएईलाई ८१ रनमा अलआउट गर्नु भनेको धेरै ठूलो उपलब्धी हो,’ कप्तान क्षेत्रीले भनिन्, ‘हामीलाई पानी परेको भनेर थाहा थिएन । ब्याटिङको लागि तयारी अवस्थामा थियौ । मौसम हेर्दा पाँच ओभर हुन्छ भन्ने लागेको थियो । त्यसैले क्यालकुलेट गरेर बसेका थियौ । तर खेल नै नखेली हामी बाहिरनु  पर्यो ।’

यस्तै, श्रेत्रीले आठ विकेटसहित प्रतियोगिताकी उत्कृष्ट बलर अस्मिना कर्माचार्यको प्रदर्शनले आगामी प्रतियोगितामा राम्रो गर्न उत्साह मिलेको बताइन् ।

‘हाम्रो सुरुआती राम्रो थिएन ।  अस्मिनाले विकेट लिएर राम्रो गरेको थियो । डेब्यु म्याच राम्रो गरेर हामीलाई अर्काे म्याचको लागि उत्साह मिलेको छ,’ उनले भनिन्, ‘सकारात्मक कमेन्टले गर्दा राम्रो गरेको छौ जस्तो लाग्यो । सतप्रतिशत सुधार त भएको छैन तर, युगान्डासँगको खेलपछि चै केही सुधार भएको छ जस्तो लाग्यो ।’

यस्तै उनी निरन्तर प्रशिक्षण र बढीभन्दा बढी प्रतियोगिता खेलेमा आगामी प्रतियोगितामा राम्रो नतिजा आउने बताउँछिन् ।

‘यहि  प्रशिक्षणलाई निरन्तता दिइराख्यौ भने राम्रो हुन्छ । बाहिरको खेलाडीलाई पनि यहीं राखेर ट्रेनिङ गराउने विषयमा कुरा गरिरहेका छौ । एक–दुई दिन आराम गरेर प्रशिक्षणलाई निरन्तरता दिने तयारी भैरहेको छ’, उनले भनिन्, ‘संघले कहिले राख्नुहुन्छ त्यो थाहा छैन । युगान्डासँगको पाँच म्याचले यतिको नतिजा निकाल्न सक्छ भने दुई–तीन वटा श्रृंखला खेलेर गयौ भने राम्रो हुन्छौ ।’

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।