माघ १७, २०८२ शनिबार | २३:४४:०८
विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार

अपन राधेमाई र घोडाघोडी सेमिफाइनलमा

काठमाडौं । अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु १६ नेक्सस कप टी २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित गर्यो ।

नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनायो । नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्का सहयोगमा ५१ रन जोडे । राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २–२ विकेट लिए ।

जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउदै जितका लागि आवश्यक ८९ रन जोड्यो । राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे ।

घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो । घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा गर्यो । घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले समान पाँच चौका र छक्का मद्दतमा ७७ रन र विजय गुप्ताले २५ रन बनाए । कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट चट्काए ।

कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटियो । कालिकोटका विशाल रावलले ३३ स्कोर गरे । घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिए ।

सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसँग हुनेछ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसीए, ललितपुरको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।