चैत्र ८, २०८२ आइतबार | ००:४०:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अपन राधेमाई र घोडाघोडी सेमिफाइनलमा

काठमाडौं । अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु १६ नेक्सस कप टी २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित गर्यो ।

नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनायो । नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्का सहयोगमा ५१ रन जोडे । राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २–२ विकेट लिए ।

जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउदै जितका लागि आवश्यक ८९ रन जोड्यो । राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे ।

घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो । घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा गर्यो । घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले समान पाँच चौका र छक्का मद्दतमा ७७ रन र विजय गुप्ताले २५ रन बनाए । कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट चट्काए ।

कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटियो । कालिकोटका विशाल रावलले ३३ स्कोर गरे । घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिए ।

सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसँग हुनेछ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसीए, ललितपुरको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो