चैत्र १०, २०८२ मंगलबार | १४:५४:०२
डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

टी१० लिग इन्डोर क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं । शुक्रबारबाट टी१० लिग इन्डोर क्रिकेट प्रतियोगिता सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा काठमाडौंका ११ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। जवाफमा १०३ रनको लक्ष्य लिएर मैदान उत्रिएको ट्वान्टी फर्स्ट रेस्ट्रोले अल आउट हुन अगाडी ६० रन मात्र जोड्न सक्यो। खेलको प्लेयर अफ दि म्याच ब्रदर्श ११ का दुर्गेश थापा घोषित भए।

यस्तै दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रदर्श ११ ले प्रेसिडेन्सियल बिजनेस स्कुललाई ७ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको प्रेसिडेन्सियल बिजनेस स्कुलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६३ रन जोडेको थियो। ६४ रनको जवाफी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको ब्रदर्श ११ का लागि खेलको प्लेयर अफ दि म्याच बिपिन आचार्यले अविजित २७ रन जोड्दा टोलीले ७ विकेटको जित दर्ता गर्यो।

दिनको तेस्रो खेलमा टिम सुबिसुले थेम्स इन्टरनेसनल कलेज माथि ४७ रनको सहज जित हात पार्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुबिसुले निर्धारित १० ओभरमा चार विकेट गुमाएर ९३ रन जोडेको थियो। सुबिसुका लागि दिपेश दासले सर्वाधिक ४० रनको योगदान गरे। दोस्रो इनिंगमा थेम्स इन्टरनेसनल निर्धारित १० ओभरमा पाँच विकेट गुमाउदै ४६ रन रन मात्र जोड्न सक्दा खेलमा ४७ रनले पराजित भयो। खेलको प्लेयर अफ दि म्याच सुबिसुका दिपेश घोषित भए।

शुक्रबारको अन्तिम खेलमा मिक्स्माण्डुले रोयल क्रिकेट क्लबमाथि ८३ रनको एकतर्फी जित हात पार्यो। टस जितेर पहिले ब्याटिङ गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर एक सय तीन रन जोडेको थियो। मिक्स्माण्डुका विवेक राना मगरले सर्वाधिक ३९ रन जोडे। जवाफमा मिक्स्माण्डुको धारिलो बलिङको अगाडि रोयल क्रिकेट क्लब सम्हालिन सकेन। रोयललाई केवल २० रनमा समेट्ने क्रममा मिक्स्माण्डुका अविनाश बश्यालले ३ तथा प्रतिश जिसीले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच मिक्स्माण्डुका विवेक राना मगर घोषित भए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो