माघ १८, २०८२ आइतबार | ०२:५१:५७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

टी१० लिग इन्डोर क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं । शुक्रबारबाट टी१० लिग इन्डोर क्रिकेट प्रतियोगिता सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा काठमाडौंका ११ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। जवाफमा १०३ रनको लक्ष्य लिएर मैदान उत्रिएको ट्वान्टी फर्स्ट रेस्ट्रोले अल आउट हुन अगाडी ६० रन मात्र जोड्न सक्यो। खेलको प्लेयर अफ दि म्याच ब्रदर्श ११ का दुर्गेश थापा घोषित भए।

यस्तै दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रदर्श ११ ले प्रेसिडेन्सियल बिजनेस स्कुललाई ७ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको प्रेसिडेन्सियल बिजनेस स्कुलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६३ रन जोडेको थियो। ६४ रनको जवाफी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको ब्रदर्श ११ का लागि खेलको प्लेयर अफ दि म्याच बिपिन आचार्यले अविजित २७ रन जोड्दा टोलीले ७ विकेटको जित दर्ता गर्यो।

दिनको तेस्रो खेलमा टिम सुबिसुले थेम्स इन्टरनेसनल कलेज माथि ४७ रनको सहज जित हात पार्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुबिसुले निर्धारित १० ओभरमा चार विकेट गुमाएर ९३ रन जोडेको थियो। सुबिसुका लागि दिपेश दासले सर्वाधिक ४० रनको योगदान गरे। दोस्रो इनिंगमा थेम्स इन्टरनेसनल निर्धारित १० ओभरमा पाँच विकेट गुमाउदै ४६ रन रन मात्र जोड्न सक्दा खेलमा ४७ रनले पराजित भयो। खेलको प्लेयर अफ दि म्याच सुबिसुका दिपेश घोषित भए।

शुक्रबारको अन्तिम खेलमा मिक्स्माण्डुले रोयल क्रिकेट क्लबमाथि ८३ रनको एकतर्फी जित हात पार्यो। टस जितेर पहिले ब्याटिङ गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर एक सय तीन रन जोडेको थियो। मिक्स्माण्डुका विवेक राना मगरले सर्वाधिक ३९ रन जोडे। जवाफमा मिक्स्माण्डुको धारिलो बलिङको अगाडि रोयल क्रिकेट क्लब सम्हालिन सकेन। रोयललाई केवल २० रनमा समेट्ने क्रममा मिक्स्माण्डुका अविनाश बश्यालले ३ तथा प्रतिश जिसीले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच मिक्स्माण्डुका विवेक राना मगर घोषित भए।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।