चैत्र ६, २०८२ शुक्रबार | ०१:१४:१३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

विश्वकप जित्ने बाल्यकालको सपना पूरा गर्न चाहन्छन् आजम

लाहोर । उत्कृष्ट लयमा रहेका पाकिस्तानी कप्तान बाबर आजमले बाल्यकालको विश्वकप जित्ने सपना पूरा हुने विश्वास दिलाएका छन् ।

पाकिस्तानका २७ वर्षीय कप्तान आजम क्रिकेटका तीनै वटा फम्यार्टमा करिअरकै उत्कृष्ट लयमा छन् । आजम पछिल्लो हप्तामात्र दुई पटक लगातार तीन सतक प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए ।

तर, बाबरले भने अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकप र भारतमा हुने एकदिवसीय विश्वकपमा सफलता हात पार्न नसके आफ्नो लयले महत्व नराख्ने बताए ।

पछिल्लो वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा भएको ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरे पनि अस्ट्रेलियासँग पराजित भएपछि पाकिस्तानको विश्वकप सपना असफल भएको थियो ।

सन् २०१० र २०१२ को जुनियर विश्वकपमा पनि बाबर उच्च रनकर्ता बने पनि पाकिस्तानले उपाधि जित्न भने सकेको थिएन् ।

‘पक्कै पनि म मेरो लयको पूरा आनन्द लिइरहेको छु,’ आइसिसीको एकदिवसीय र ट्वान्टी २० वरीयताको शीर्ष स्थानमा रहेका आजमले भने, ‘तर, मेरो प्रमुख लक्ष्य भनेको पाकिस्तानलाई अब हुने ट्वान्टी २० र एकदिवसीय विश्वकपको उपाधि दिलाउनु हो ।’

बाबरले १२ वर्षको उमेरदेखि लाहोरको गल्लिबाट क्रिकेट खेल्न सुरु गरेका थिए ।

‘जब मैले स्कुले बच्चादेखि क्रिकेट खेल्न सुरु गरेको थिए । त्यसैबेलादेखि मेरो लक्ष्य पाकिस्तानको लागि अन्तर्राष्ट्रिय खेल खेल्नु थियो । म विश्वकै उत्कृष्ट ब्याटर बन्न चाहन्थे । र, टिमलाई जितसम्म डोहोर्याउन चाहन्थे,’ आजमले भने ।

उनका बुबा आजम सिद्दिकी बाबरको सबैभन्दा ठूलो समर्थक र कठिन परिस्थितीमा सहयोग गर्ने पात्र हुन् ।

बाबर भन्छन्, ‘सानैदेखि क्रिकेटमा मेरो गहिरो लगाव र रुची थियो । र, मेरो त्यो लगावलाई ध्यानमा राख्दै मेरो बुबाले मलाई हरेक अवस्थामा साथ दिनुभयो ।’

उनको ग्रासरुट यात्राले त्यसबेला उच्च स्तरमा थियो । जब उनी पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्टका लागि बाबर बल ब्वाइ बने । त्यसबेला उनले आफ्नो आदर्श खेलाडी एबी डी भिलियर्सलाई नजिकबाट हेर्ने मौका पाए ।

‘सानो म एबी डी भिलियर्सलाई निकै पछ्याउथेँ,’ बाबरले डिभिलियर्स आधुनिक क्रिकेटको उत्कृष्ट ब्याटरमध्येको एक भएको बताए ।

‘मलाई उनको खेल्ने शैली निकै मनपर्थ्यो । उनी मेरा लागि आदर्श खेलाडी थिए र मैले उनी जसरी नै आफूलाई विकास गर्दै लगे । यसले मलाई बलरलाई बुझ्न पनि निकै सहयोग गर्यो ।’

बाबर व्यापक प्रशिक्षण र बलियो आत्मविश्वासलाई आफ्नो सफलताको कडी मान्छन् ।

‘अहिले अन्तर्राष्ट्रिय क्रिकेट निकै कठिन बन्दै गइरहेको छ । र, खेलाडीहरु पनि निकै प्रतिभाशाली छन् । यदी सोहीअनुरुपको तयारी गर्न सकिएन भने उनीहरुसँग प्रतिस्पर्धा गर्न पनि सकिँदैन ।’

‘पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा आफूमाथि विश्वास राख्नुपर्छ । म यही मानसिकतासाथ मध्यक्रममा ब्याटिङका लागि जान्थे । र, सकारात्मक र आक्रामक रुपमा ब्याटिङ गर्ने ।’

‘म सँधै विपक्षीमाथि हावी हुन चाहन्छु । र, यो मानसिकताले मेरो प्रदर्शनमा निकै सहयोग पुर्याउँछ । रन बनाउँदा समर्थक र विश्वले तारिफ त गर्छन नै । तर, यसले एउटा टिमलाई नै उसको जस्तै योगदानका लागि उत्प्रेरित गर्छ,’ उनले भने ।

बाबर सन् २०१९ मा पाकिस्तानको सबै फर्म्याटको कप्तानको रुपमा नियुक्त भएका थिए । बाबरले यो जिम्मेवारीलाई भारको रुपमा नलिई यो यात्रालाई उदाहरणीय रुपमा निभाउँदै यसको आनन्द उठाए ।

‘कप्तानको रुपमा म सबै चुनौतीहरुको सामना गर्न चाहन्छु । किनभने म मेरो टिमको सबैभन्दा अघि हुन्छु । मेरो टिमले मलाई पछ्याउने हो । र, यो रन बनाउने कुरामा पनि लागु हुन्छ ।’

‘यदी मैले रन बनाए भने अरु ब्याटरले पनि मलाई पछ्याउछन् । र, केही गरौं भन्ने कुरामा मदेखि प्रभावित हुन सक्छन् । तर, सुधारका लागि सँधै केही न केही बाँकी हुन्छ । र, म मेरो फिनिसिङमा सुधार गर्न चाहन्छु र एक कप्तानको लागि यो निकै महत्वपूर्ण कुरा हो ।’

बाबरले सन् २०१५ मा पाकिस्तानबाट अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका थिए । बाबरले जिम्बावेविरुद्ध पहिलो पटक पाकिस्तानको जर्सीबाट सिनियर टिममा खेलेका थिए ।

संयोग कस्तो भने सन् २००९ मा श्रीलंकन टिममाथि भएको आतंककारी हमलापछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमका रुपमा जिम्बावेले पाकिस्तानको भ्रमण गरेको थियो ।

कप्तान बाबर पाकिस्तानका भावुक समर्थकहरुमाझ खेल्न रुचाउँछन् ।

‘घरेलु मैदानमा र समर्थकमाझ खेल्नु मेरा लागि उत्कृष्ट अनुभव हो,’ यसले मलाई डबल इनर्जी दिन्छ । र, म पाकिस्तानका लागि धेरैभन्दा धेरै खेलहरु जित्न चाहन्छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो