चैत्र ५, २०८२ बिहीबार | २१:४२:५९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पुबुदुको नजरमा नेपालको सर्वकालिन उत्कृष्ट ११

काठमाडौं । नेपालमा क्रिकेट खेलको औपचारिक इतिहास छोटो नभए पनि उपलब्धिका हिसावमा संगठित रुपमा यो खेल मौलाएको धेरै भएको छैन । तथापि यसबीचमै नेपाली क्रिकेटले २० ओभरको कान्छो स्वरुपमा विश्वको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपसम्मको यात्रा तय गरिसकेको छ ।

एकदिवसीय स्वरुपमा उमेर समूहका विश्वकप पटकपटक खेलिसकेको नेपाल अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त एसोसिएट सदस्य राष्ट्र हो ।

छोटो समयमै नेपालले ठूला सफलताको बाटो तय गर्दा सबभन्दा ठूलो भूमिका मैदानमा डटेर प्रस्तुत हुने खेलाडीकै थियो । विभिन्न पुश्ताका खेलाडीले तयार खनेको जगको आधारमा आजको नेपाली क्रिकेट उभिएको छ ।

यसै प्रशंगमा खेलाडी डटकमले नेपालले २०१४ मा ट्वान्टी २० विश्वकप खेल्दा टोलीको नेतृत्व गरेका प्रशिक्षक पुबुदु दासानायकेलाई उनको नजरमा नेपाली क्रिकेट इतिहासका सर्वोत्कृष्ट ११ खेलाडीको सर्वकालिन टिम स्मरण गर्न आग्रह गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल सम्हाल्न आएका श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी दासानायकेले खेलाडीको आग्रहमा ठ्याक्कै १४ जनाको नाम लिए । अचानक गरिएको आग्रहमा तत्कालै बोल्दा केही राम्रा नाम छुटेको उनले बताए ।

प्रस्तुत छ, पुबुदुको नजरमा उत्कृष्ट नेपाली टिम, उनकै सव्दमा ः

'एघार खेलाडीको नाम भन्न कठिन छ । धेरैजना उत्कृष्ट खेलाडी छन् । धेरैले नेपाली क्रिकेटलाई योगदान गरिरहेका छन् । विशेष गरी पारस खड्का, उनी उत्कृष्ट लिडरमध्ये एक हुन् । ब्याटिङतर्फ पनि उनको नजिक कोही आउला जस्तो लाग्दैन ।

ब्याटिङ क्षमतामात्रै नभएर योगदानको हकमा पनि पारसको भूमिका एकदमै महत्त्वपूर्ण रह्यो । उनी एकदमै ‘कन्सिस्टेन्ट’ खेलाडी पनि हुन् । वसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मीहरूले पनि नेपाललाई यहाँसम्म पुर्याएर धेरै योगदान गरे ।

म आउनुभन्दा अगाडि पनि विनोद दास, अझै खेलिरहेका ज्ञानेन्द्र मल्ल, उनीहरू सबै उत्कृष्ट क्रिकेटर हुन् । युवा टोलीको कुरा गर्दा दीपेन्द्रसिंह ऐरीबाट म एकदमै प्रभावित छु । कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, शरद भेषवाकर पनि महत्त्वपूर्ण सदस्य हुन् ।

निश्चय पनि सन्दीप, उनी अर्कै स्तरमा छन् । करण केसी, सोमपाल कामी पनि, मलाई थाहा छ मैले धेरै नाम छुटाएँ । मलाई लाग्छ यी खेलाडीले धेरै योगदान गरेका छन् । कसैले विगतमा योगदान गरे, कोहीले अझै योगदान गरिरहेका छन् र भविष्यमा पनि गर्नेछन् ।'
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो