माघ ८, २०८२ बिहीबार | ११:४०:३४
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा

पुबुदुको नजरमा नेपालको सर्वकालिन उत्कृष्ट ११

काठमाडौं । नेपालमा क्रिकेट खेलको औपचारिक इतिहास छोटो नभए पनि उपलब्धिका हिसावमा संगठित रुपमा यो खेल मौलाएको धेरै भएको छैन । तथापि यसबीचमै नेपाली क्रिकेटले २० ओभरको कान्छो स्वरुपमा विश्वको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपसम्मको यात्रा तय गरिसकेको छ ।

एकदिवसीय स्वरुपमा उमेर समूहका विश्वकप पटकपटक खेलिसकेको नेपाल अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त एसोसिएट सदस्य राष्ट्र हो ।

छोटो समयमै नेपालले ठूला सफलताको बाटो तय गर्दा सबभन्दा ठूलो भूमिका मैदानमा डटेर प्रस्तुत हुने खेलाडीकै थियो । विभिन्न पुश्ताका खेलाडीले तयार खनेको जगको आधारमा आजको नेपाली क्रिकेट उभिएको छ ।

यसै प्रशंगमा खेलाडी डटकमले नेपालले २०१४ मा ट्वान्टी २० विश्वकप खेल्दा टोलीको नेतृत्व गरेका प्रशिक्षक पुबुदु दासानायकेलाई उनको नजरमा नेपाली क्रिकेट इतिहासका सर्वोत्कृष्ट ११ खेलाडीको सर्वकालिन टिम स्मरण गर्न आग्रह गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल सम्हाल्न आएका श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी दासानायकेले खेलाडीको आग्रहमा ठ्याक्कै १४ जनाको नाम लिए । अचानक गरिएको आग्रहमा तत्कालै बोल्दा केही राम्रा नाम छुटेको उनले बताए ।

प्रस्तुत छ, पुबुदुको नजरमा उत्कृष्ट नेपाली टिम, उनकै सव्दमा ः

'एघार खेलाडीको नाम भन्न कठिन छ । धेरैजना उत्कृष्ट खेलाडी छन् । धेरैले नेपाली क्रिकेटलाई योगदान गरिरहेका छन् । विशेष गरी पारस खड्का, उनी उत्कृष्ट लिडरमध्ये एक हुन् । ब्याटिङतर्फ पनि उनको नजिक कोही आउला जस्तो लाग्दैन ।

ब्याटिङ क्षमतामात्रै नभएर योगदानको हकमा पनि पारसको भूमिका एकदमै महत्त्वपूर्ण रह्यो । उनी एकदमै ‘कन्सिस्टेन्ट’ खेलाडी पनि हुन् । वसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मीहरूले पनि नेपाललाई यहाँसम्म पुर्याएर धेरै योगदान गरे ।

म आउनुभन्दा अगाडि पनि विनोद दास, अझै खेलिरहेका ज्ञानेन्द्र मल्ल, उनीहरू सबै उत्कृष्ट क्रिकेटर हुन् । युवा टोलीको कुरा गर्दा दीपेन्द्रसिंह ऐरीबाट म एकदमै प्रभावित छु । कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, शरद भेषवाकर पनि महत्त्वपूर्ण सदस्य हुन् ।

निश्चय पनि सन्दीप, उनी अर्कै स्तरमा छन् । करण केसी, सोमपाल कामी पनि, मलाई थाहा छ मैले धेरै नाम छुटाएँ । मलाई लाग्छ यी खेलाडीले धेरै योगदान गरेका छन् । कसैले विगतमा योगदान गरे, कोहीले अझै योगदान गरिरहेका छन् र भविष्यमा पनि गर्नेछन् ।'
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate