चैत्र १४, २०८२ शनिबार | १०:१९:३०
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

पिएम कपः बागमती सेमिफाइनलमा

काठमाडौं । गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रनमात्र जोड्न सक्यो ।

गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे । यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोभिन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे ।

बागमतीका नन्दन यादव विपिन आचार्य र सुवास खत्रीले दुई/दुई विकेट लिए । यस्तै रिजन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रनको योगफल तयार गरेको थियो ।

बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए । विपिनले १९ बलमा तीन चौका प्रहार गरे । त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपेका थिए । 

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए । यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एक/एक विकेट हात पारेका थिए ।

बागमतीले समूह ‘बी’ को उपविजेता रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो ।

तीन खेल खेल्दासम्म अंकविहिन रहेको कर्णाली तालिकाको पुछारमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो