काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्र्यि क्रिकेट प्रतियोगितामा शनिबार बागमती प्रदेशले गण्डकी प्रदेशसामु एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रनको योगफल तयार गर्यो ।
बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाए । विपिनले १९ बलमा तीन चौका प्रहार गरे । त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपे ।
गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए । यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एक एक विकेट हात पारे ।
समूह ‘बी’ को दोस्रो स्थानमा रहेको बागमतीले तीन खेलबाट चार अंक जोडेको छ । दुई खेल खेल्दासम्म अंकविहिन रहेको कर्णाली तालिकाको पुछारमा छ ।
भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
