चैत्र ९, २०८२ सोमबार | ११:२४:५३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पिएम कप: पुलिसले कर्णालीलाई दियो २ सय ४५ रनको लक्ष्य

काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितअन्तर्गत शुक्रबार जारी खेलमा कर्णाली प्रदेशसामु २ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आक्रामक ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ४४ रनको योगफल तयार गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसका लागि ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्कासहित ८२ रनको शानदार इनिङ खेले ।

 यस्तै, पुलिसका लागि वान् डाउनमा क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यसअघि अर्का ओपनर पवन सर्राफ २२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, आरिफ शेख १८ र दीलिप नाथ ३१ रनमा अविजित रहँदा कप्तान मन्जित श्रेष्ठले १९ रनको योगदान गरे ।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले २/२ विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो