माघ १६, २०८२ शुक्रबार | १३:११:३८
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

एसियाली खेलकुदमा क्रिकेटले निरन्तरता पाउने

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै नेपाल र भारत ।

काठमाडौं । आगामी वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची-नागोया एसियन गेम्स आयोजना समितिबीचको बैठकले यो निर्णय गरेको हो ।

 एसियाली खेलकुद आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ ।

ओसिए जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्पोर्टस कार्यक्रमको तयारीसँगै आइचि-नागोया एसियन गेम्स बोर्ड अफ डाइरेक्टर्सको४१औं बैठकमा क्रिकेट र मिक्स्ड मार्सियल आर्ट्स  खेललाई औपचारिक रूपमा स्वीकृति दिइएको छ ।’

क्रिकेट ट्वान्टी-२० फर्म्याटमा हुनेछ । पछिल्लाे पटक सन् २०२३ मा भएको हाङ्झाउमा एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो ।

कति देश सहभागी हुने भन्ने निर्णय यसै साता हुने बैठकमार्फत तय गरिनेछ । पछिल्लो हाङ्झाउ एसियाली खेलकुदमा १४ पुरुष र ९ महिला टोलीले क्रिकेट खेलेका थिए । 

पुरुषतर्फ नेपालले पनि प्रतिस्पर्धा गरेको थियो । हाङ्झाउ एसियाली खेलकुदमा महिला तथा पुरुष दुवैतर्फ भारतले नै स्वर्ण पदक जितेको थियो ।

क्रिकेट आइचि प्रिफेक्चरमै हुने भए पनि स्थान तोकिएको छैन ।ओसिएका अनुसार दक्षिण एसियामा क्रिकेटको लोकप्रियता र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा ट्वान्टी-२० क्रिकेट समावेश हुने भएपछि खेलमा चासो उच्च रहने अपेक्षा गरिएको छ ।

एसियाली खेलकुदमा ४१ वटा खेल समावेश हुनेछन् ।

एसियाली खेलकुद आयोजना गर्ने नागोया जापानको तेस्रो सहर हुनेछ, यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले प्रतियोगिता आयोजना गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।