चैत्र १०, २०८२ मंगलबार | ०३:०८:२९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

एसियाली खेलकुदमा क्रिकेटले निरन्तरता पाउने

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै नेपाल र भारत ।

काठमाडौं । आगामी वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची-नागोया एसियन गेम्स आयोजना समितिबीचको बैठकले यो निर्णय गरेको हो ।

 एसियाली खेलकुद आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ ।

ओसिए जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्पोर्टस कार्यक्रमको तयारीसँगै आइचि-नागोया एसियन गेम्स बोर्ड अफ डाइरेक्टर्सको४१औं बैठकमा क्रिकेट र मिक्स्ड मार्सियल आर्ट्स  खेललाई औपचारिक रूपमा स्वीकृति दिइएको छ ।’

क्रिकेट ट्वान्टी-२० फर्म्याटमा हुनेछ । पछिल्लाे पटक सन् २०२३ मा भएको हाङ्झाउमा एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो ।

कति देश सहभागी हुने भन्ने निर्णय यसै साता हुने बैठकमार्फत तय गरिनेछ । पछिल्लो हाङ्झाउ एसियाली खेलकुदमा १४ पुरुष र ९ महिला टोलीले क्रिकेट खेलेका थिए । 

पुरुषतर्फ नेपालले पनि प्रतिस्पर्धा गरेको थियो । हाङ्झाउ एसियाली खेलकुदमा महिला तथा पुरुष दुवैतर्फ भारतले नै स्वर्ण पदक जितेको थियो ।

क्रिकेट आइचि प्रिफेक्चरमै हुने भए पनि स्थान तोकिएको छैन ।ओसिएका अनुसार दक्षिण एसियामा क्रिकेटको लोकप्रियता र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा ट्वान्टी-२० क्रिकेट समावेश हुने भएपछि खेलमा चासो उच्च रहने अपेक्षा गरिएको छ ।

एसियाली खेलकुदमा ४१ वटा खेल समावेश हुनेछन् ।

एसियाली खेलकुद आयोजना गर्ने नागोया जापानको तेस्रो सहर हुनेछ, यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले प्रतियोगिता आयोजना गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो