काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार दिल्ली क्यापिटल्सले कोलकाता नाइट्स राइडर्सको सामना गर्दैछ । खेल दिल्लीस्थिती अरुण जेट्ली क्रिकेट रंगशालामा नेपाल समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनमा दुवै टोली आफ्नो १०औं खेल खेल्दैछन् । ९ खेलमा ६ जित र तीन हारको नितजासहित १२ अंकका दिल्ली चौथो स्थानमा छ । यता कालकाता तीन जित, पाँच हार र एक विना नजितासहित सात अंक जोडेर सातौं स्थानमा छ ।
दिल्ली अक्षर पटेल र कोलकाता अजिंक्य रहाणेको कप्तानीमा मैदान उत्रिनेछन् ।
आइपिएलमा हालसम्म कोलकाता र दिल्लीबीच ३४ खेल भएका छन् । जसमा कोलकाताले १८ र दिल्लीले १५ जित निकालेका छन् । एक खेल भने विना नितजा टंगिएको छ ।
गत सिजनको दुवै भेटमा कोलकाताले जित निकालेको थियो । कोलकाताले खेल १०६ रन र सात विकेटले आफ्नो पक्षमा पारेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
