चैत्र १६, २०८२ सोमबार | १५:५०:४७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

१४ वर्षका वैभवको सतकमा राजस्थानको जित

काठमाडौं । १४ वर्षीय ब्याटर वैभव सुर्यवंशीको सतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।

पहिलो ब्याटिङ गरेको गुजरातले चार विकेट गुमाउँदै दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा राजस्थानले १५.५ ओभरमा दुई विकेट गुमाउँदै जित निकालेको हो ।

जितपछि राजस्थान १० खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।  पराजित गुजरातले भने शीर्ष स्थानको आरसिबीसँग अंक बराबर गर्ने अवसर गुमायो । टाेली ९ खेलबाट टोली १२ अंकसहित तेस्रो स्थानमा छ । १४ अंकसहित आरसिबी शीर्ष स्थानमा छ ।

वैभवले ३८ बलमा ७ चौका र ११ छक्कासहित १०१ रन बनाएका हुन् । उनको आइपिएलमा पहिलो सतक हो । अर्का ओपनर यशस्वी जैसवालले ४० बलमा ७० रनको योगदान गरेका थिए । दुईबीच पहिलो विकेटको लागि १६६ रनकाे सझेदारी भएकाे थियाे ।

जयपुरको सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलले ५० बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । जस बटलरले २६ बलमा चार छक्का र तीन चौकासहित अविजित ५०, साई सुदर्शनले ३९ र वासिङ्टन सुन्दरले १३ रन बनाए ।

शुभमनले पहिलो विकेटका लागि साईसँग ९३ र दोस्रो विकेटका लागि जोससँग ७४ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो