माघ १८, २०८२ आइतबार | १२:०९:२६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाललाई एक खेल अगावै अभ्यास शृंखला

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एक खेल अगावै दिल्ली यु-१९ टोलीविरुद्धको अभ्यास शृंखला आफ्नो पक्षमा पारेको छ । 

वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो खेलमा नेपालले १०२ रनको फराकिलो जित दर्ता गर्यो । 

जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो । 

नेपालले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमै समेटियो । दिल्लीका लागि शान्तानु यादवले ३०, मोहक कुमारले १९ र साथक पालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरदले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि अपराजित पौडेलले सात ओभरमा चार मेडनसहित ३८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी नितिश पटेलले दुई तथा विपिनप्रसाद शर्मा, अशोक धामी र कप्तान नरेन भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि अभिषेक तिवारीले ८२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी नरेन भट्टले १२५ बलमा ६ चौकासहित ५२, अशोक धामीले १९ र सोहिल कुँवरले ११ रन बनाए ।

सातौं विकेटका लागि अभिषेक र नरेनले ९९ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि शुभम दुबेले तीन तथा आदित्य भण्डारी, अमन चौधरी र कप्तान रौनक वाग्हेलाले समान दुई विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।