चैत्र १४, २०८२ शनिबार | ००:११:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाललाई एक खेल अगावै अभ्यास शृंखला

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एक खेल अगावै दिल्ली यु-१९ टोलीविरुद्धको अभ्यास शृंखला आफ्नो पक्षमा पारेको छ । 

वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो खेलमा नेपालले १०२ रनको फराकिलो जित दर्ता गर्यो । 

जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो । 

नेपालले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमै समेटियो । दिल्लीका लागि शान्तानु यादवले ३०, मोहक कुमारले १९ र साथक पालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरदले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि अपराजित पौडेलले सात ओभरमा चार मेडनसहित ३८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी नितिश पटेलले दुई तथा विपिनप्रसाद शर्मा, अशोक धामी र कप्तान नरेन भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि अभिषेक तिवारीले ८२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी नरेन भट्टले १२५ बलमा ६ चौकासहित ५२, अशोक धामीले १९ र सोहिल कुँवरले ११ रन बनाए ।

सातौं विकेटका लागि अभिषेक र नरेनले ९९ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि शुभम दुबेले तीन तथा आदित्य भण्डारी, अमन चौधरी र कप्तान रौनक वाग्हेलाले समान दुई विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो