चैत्र १३, २०८२ शुक्रबार | ०२:५१:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आर्मी फाइनलमा, पुलिसको पहिलो हार

काठमाडौं । विभागीय डर्बीमा नेपाल पुलिस क्लबविरुद्ध चार विकेटको जित निकाल्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

जितसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रह्यो । 

सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगे ।

भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।  

आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाए ।

पुलिसका लागि ललितनारायण राजवंशीले चार तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले  ३७ बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी आरिफ शेखले २२, गुल्शनकुमार झाले १७, सागर ढकालले अविजित १६ र अर्जुन साउदले १३ रन बनाए ।

आर्मीका लागि शाहब आमलले चार, नरेन साउदले तीन तथा कुशल मल्ल र भीम सार्कीले समान एक विकेट लिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो