चैत्र ४, २०८२ बुधबार | २३:३५:३७
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

कोहली चम्किँदा आरसिबीको सानदार जित

काठमाडौं । कोलकता नाइट राइडर्सलाई सात विकेटले हराउँदै रोयल च्यालेन्र्स बैंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा जितपछि आरसिबीले दुई अंक जोडेको छ । अब, आइतबार हुने खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्नेछन् ।

कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा आरसिबीले १६.२ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो ।

आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे । कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् ।

साल्टले आक्रमक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए । कप्तान रजत पटिदारले १६ बलमा ३४ रनको योगदान गरेका थिए ।

कोलकत्ताको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिएका थिए ।

यसअघि कोलकाताको लागि रहाणेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए । रहाणेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । सुनील नारिनेले २६ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाएका थिए ।

पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाणे र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए । आङकृश रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रनको योगदान गरेका हुन् । 

आरसिबीका लागि क्रुनल पाड्याले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिएका थिए । पाण्डेले १०.३ ओभरमा रहाणे, १२.१ ओभरमा बेन्कटेस अड्ढयर र १४.६ ओभरमा रिन्कुको विकेट लिएका थिए ।

यसबाहेक जाेस हेजलउडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारेका थिए । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं