माघ १५, २०८२ बिहीबार | १६:४९:३२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको छ ।

बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज दर्ता गर्यो । जितसँगै शीर्षस्थानको पुलिसले ७ खेलमा १४ अंक जोडेको छ । पराजित बगमती ६ खेलबाट सात अंकका साथ आठौं स्थानमा छ ।

पुलिसले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटियो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए ।

दोस्रो विकेटका लागि इशान र शुभले ७४ रनको साझेदारी गरे । पुलिसका लागि ललितनाराण राजवंशीले चार, कुशल भुर्तेलले तीन, करण केसीले दुई र गुल्शनकुमार झाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ९८ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा चार चौका र तीन छक्काको मद्दतले ६०, अमृत श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुल्शनकुमार झाले १६ र दिलिप नाथले १० रन बनाए ।

पहिलो विकेटका लागि कुशल र अमितले १५४ तथा चौथो विकेटका लागि दीपेन्द्र र आरिफले ९२ रनको साझेदारी गरे । 

बागमतीका लागि प्रतिस जिसीले तीन तथा रिजन ढकाल, विपिन आचार्य, इशान पाण्डे र साकार गजुरेलले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।