माघ १७, २०८२ शनिबार | १८:०६:२४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

कर्णालीको फराकिलो जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार भैरहवाको एक्ट्राटेक ओभलमा कर्णालीले कोशी प्रदेशविरुद्ध १२७ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै पाँच खेलमा चार अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी ६ खेलबाट दुई अंकका साथ पुछारमा छ ।  

कर्णालीले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै समेटियो । कोशीका लागि चिराग साहले २५, शकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले समान तीन, कप्तान दिवान पुनले दुई तथा अनुज चनाराले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्काको मद्दतले अविजित ८८ रनको योगदान गरे । यसैगरी हिमान्शु शाहीले ४६, निश्चल रावलले २०, प्रकाश जैसीले १८, सुनिल धमलाले १३ र विपिन रावलले १० रन बनाए ।

कोशीका लागि विपिन महतोले तीन, दिपेश कँडेल र प्रकाश कार्कीले समान दुई तथा श्रवण किस्कु र सुजन थपलियाले समान एक विकेट लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।