चैत्र १४, २०८२ शनिबार | ०४:१७:३१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कर्णालीको फराकिलो जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार भैरहवाको एक्ट्राटेक ओभलमा कर्णालीले कोशी प्रदेशविरुद्ध १२७ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै पाँच खेलमा चार अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी ६ खेलबाट दुई अंकका साथ पुछारमा छ ।  

कर्णालीले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै समेटियो । कोशीका लागि चिराग साहले २५, शकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले समान तीन, कप्तान दिवान पुनले दुई तथा अनुज चनाराले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्काको मद्दतले अविजित ८८ रनको योगदान गरे । यसैगरी हिमान्शु शाहीले ४६, निश्चल रावलले २०, प्रकाश जैसीले १८, सुनिल धमलाले १३ र विपिन रावलले १० रन बनाए ।

कोशीका लागि विपिन महतोले तीन, दिपेश कँडेल र प्रकाश कार्कीले समान दुई तथा श्रवण किस्कु र सुजन थपलियाले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो