माघ १७, २०८२ शनिबार | ०८:३१:१६
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

शीर्षस्थानमा उक्लियो पुलिस

काठमाडौं । मधेश प्रदेशविरुद्ध १९३ रनको सानदार जित दर्ता गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै पुलिसले चार खेलमा आठ अंक जोडेको छ । पराजित मधेशको तीन खेलबाट दुई अंक छ ।

शनिबार दाङको देउखुरी क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको मधेश ९५ रनमै समेटियो । मधेशका लागि दिपेश दासले ३१, रुपेश सिंहले १६ र  विशाल पटेलले १३ रन बनाए ।

पुलिसका लागि ललितनारायण राजवंशीले  ९.१ ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल भुर्तेलले दुई तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यासअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रनको योगफल तयार पार्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ३६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे ।

यसैगरी आरिफ शेखले ५४ बलमा चार चौका र एक छक्काको मद्दतले ५५, अर्जुन साउदले ४७, दिलिप नाथले ४५, शंकर रानाले २७, राशिद खानले १४ र कुशल भुर्तेलले ११ रन बनाए ।

आरिफले तेस्रो विकेटका लागि दिलिपसँग ६७ र चौथो विकेटका लागि दीपेन्द्रसँग ६३ रनको साझेदारी गरे ।

मधेशका लागि रुपेश सिंहले चार, विशाल पटेलले तीन, कमल गुप्ताले दुई र रञ्जित कुमारले एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।