चैत्र १२, २०८२ बिहीबार | १७:४९:३३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

शीर्षस्थानमा उक्लियो पुलिस

काठमाडौं । मधेश प्रदेशविरुद्ध १९३ रनको सानदार जित दर्ता गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै पुलिसले चार खेलमा आठ अंक जोडेको छ । पराजित मधेशको तीन खेलबाट दुई अंक छ ।

शनिबार दाङको देउखुरी क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको मधेश ९५ रनमै समेटियो । मधेशका लागि दिपेश दासले ३१, रुपेश सिंहले १६ र  विशाल पटेलले १३ रन बनाए ।

पुलिसका लागि ललितनारायण राजवंशीले  ९.१ ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल भुर्तेलले दुई तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यासअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रनको योगफल तयार पार्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ३६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे ।

यसैगरी आरिफ शेखले ५४ बलमा चार चौका र एक छक्काको मद्दतले ५५, अर्जुन साउदले ४७, दिलिप नाथले ४५, शंकर रानाले २७, राशिद खानले १४ र कुशल भुर्तेलले ११ रन बनाए ।

आरिफले तेस्रो विकेटका लागि दिलिपसँग ६७ र चौथो विकेटका लागि दीपेन्द्रसँग ६३ रनको साझेदारी गरे ।

मधेशका लागि रुपेश सिंहले चार, विशाल पटेलले तीन, कमल गुप्ताले दुई र रञ्जित कुमारले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो