माघ १७, २०८२ शनिबार | १८:४९:२३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितमा शुक्रबार सुदूरपश्चिम प्रदेशविरुद्ध ५५ रनको सहज जित दर्ता गरेको छ ।

पहिलो जितसँगै बागमतीले तीन खेलमा दुई अंक जोडेको छ । पराजित सुदूरपश्चिको चार खेलबाट दुई अंक नै छ ।

एक्ट्राटेक ओभरमा  बागमतीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि टेक रावतले ४५, कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१, शेर मल्लदे अविजित १४ र निश्चल क्षेत्रीले १४ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले समान चार र प्रतिस जिसीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६६ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ६८ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी आशुतोष घिरैयाले १०१ बलमा पाँच चौकाको मद्दतले ५८, इशान पाण्डेले ३६, प्रतिस जिसी र कप्तान पृथु बास्कोटाले समान १५, समुन सुनारले अविजित १२ र विवेक मगरले १० रन बनाए ।

दोस्रो विकेटका लागि शुभ र आशुतोषले १३२ रनको साझेदारी गरे ।  सुदूरपश्चिमका लागि हमेन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले समान दुई तथा नारायण जोशी र राहुल भण्डारीले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।