चैत्र १४, २०८२ शनिबार | ०८:०५:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितमा शुक्रबार सुदूरपश्चिम प्रदेशविरुद्ध ५५ रनको सहज जित दर्ता गरेको छ ।

पहिलो जितसँगै बागमतीले तीन खेलमा दुई अंक जोडेको छ । पराजित सुदूरपश्चिको चार खेलबाट दुई अंक नै छ ।

एक्ट्राटेक ओभरमा  बागमतीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि टेक रावतले ४५, कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१, शेर मल्लदे अविजित १४ र निश्चल क्षेत्रीले १४ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले समान चार र प्रतिस जिसीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६६ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ६८ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी आशुतोष घिरैयाले १०१ बलमा पाँच चौकाको मद्दतले ५८, इशान पाण्डेले ३६, प्रतिस जिसी र कप्तान पृथु बास्कोटाले समान १५, समुन सुनारले अविजित १२ र विवेक मगरले १० रन बनाए ।

दोस्रो विकेटका लागि शुभ र आशुतोषले १३२ रनको साझेदारी गरे ।  सुदूरपश्चिमका लागि हमेन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले समान दुई तथा नारायण जोशी र राहुल भण्डारीले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो