चैत्र ९, २०८२ सोमबार | ०८:०३:५८
मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो

दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं । सलमान अघा र मोहम्मद रिजवानको शतकप्रेरित पाकिस्तान दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित दर्ता गर्दै त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको फाइनल प्रवेश गरेको छ ।

यसअघि दुवै टोलीले न्युजिल्यान्डसँग पराजय बेहोरेका थिए । शुक्रबार हुने फाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।

बुधबार कराँचीस्थित राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा पूरा गरेको हालसम्मकै ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा  लाहोरमा अस्ट्रेलियाविरुद्ध ३४९ रनको लक्ष्य पूरा गरेको थियो ।

पाकिस्तानका लागि सलमानले १०३ बलमा १६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १३४ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा सलमानको यो पहिलो शतक हो ।

यसैगरी कप्तान मोहम्मद रिजवानले १२८ बलमा ९ चौका र तीन छक्काको मद्दतले अविजित १२२ रन बनाए । फखार जमानले ४१, बाबर आजमले  २३ र साउद सकिल १५ रन बनाए ।

दक्षिण अफ्रिकाका वियान मुल्डरले दुई तथा लुंगी एनगिडी र कोर्बिन बोशले एक विकेट लिए ।

चौथो विकेटका लागि सलमान र रिजवानले २६० रनको साझेदारी गरेका थिए । यो पाकिस्तानी ब्याटरले एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि सोएब मलिक र मोहम्मद युसुफले चौथो सन् २००९ मा भारतविरुद्ध २०६ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५२ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे ।

यसैगरी म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र एक छक्काको मद्दतले ८३, टेम्बा बवुमाले ९६ बलमा १३ चौकाको मद्दतले ८२, काइल भेरानेले ४४ रटोनी डी जोर्जीले २२ र कोर्बिन बोशले अविजित १५ रन जोडे ।

दोस्रो विकेटका लागि म्याथ्यु र टेम्बाले ११९ रनको साझेदारी गरे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले दुई तथा नसिम साह र खुसदील शाहले समान विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो