चैत्र ८, २०८२ आइतबार | १७:३५:२५
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

रितको शतकप्रेरित क्रिकेट एक्सिलेन्स च्याम्पियन

काठमाडौं । रित गौतमको शतकप्रेरित क्रिकेट एक्लिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार सम्पन्न फाइनलमा क्रिकेट एक्सिलेन्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीविरुद्ध १०७ रनको फरालिको जित दर्ता गर्यो ।

क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालय २६.५ ओभरमा १५४ रनमै समेटियो । ग्रेट हिमलायका लागि इशान पण्डले ८६ बलमा अविजित १०७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

यसैगरी रितेश आग्रीले २६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्रिकेट एक्सिलेन्सका लागि पृथु बाँस्कोटा, विवेकानन्द सहानी र दयानन्द मण्डलले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६१ रनको योगफल तयार पारेको थियो । क्रिकेट एक्सिलेन्सका लागि रितले १२९ बलमा ११३ रनको योगदान गरे । यसैगरी विरेन्द्र धनादीले ७९ बलमा ६७ र पृथु बाँस्कोटाले ४१ रन जोडे ।

ग्रेट हिमालयका लागि इशान पाण्डेले चार, किरण बुढामगरले तीन र दर्शिल विष्टले एक विकेट लिए ।

ग्रेट हिमालयका इशान पाण्डे प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए ।  महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरका सोनु देवकोटा उत्कृष्ट खेलाडी र न्यु भिजन क्लबका मोन्सन सिंह उत्कृष्ट बलर घोषित भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो