चैत्र १४, २०८२ शनिबार | ०३:३७:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अत्तरिया उपाधि नजिक

धनगढी । डिसिए धनगढीविरुद्ध ६ विकेटको जित निकाल्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको उपाधि नजिक पुगेको छ ।

आइतबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धनगढीले प्रस्तुत गरेको १०९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । अत्तरियाका लागि शंकर रानाले ५५ बलमा चार छक्का र तीन चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी दिपेश कंडेलले २४ र भीम सार्कीले १६ रन बनाए ।

धनगढीका लागि हिक्मत महराले दुई तथा ललितनारायण राजवंशी, भोजराज भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा सबै विकेट गुमाउँदै १०८ रनको योगफल तयार पारेको थियो । धनगढीका लागि मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३ र लोकेश बमले ११ रन बनाए ।

अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले समान दुई तथा राशिद खान, दिपेश कंडेल र शाहब आलमले समान एक विकेट लिए ।

अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स क्लब डडेलधुराको सामना गर्नेछ । फ्रेन्ड्स न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।   


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो