माघ १८, २०८२ आइतबार | १३:२७:११
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अत्तरिया उपाधि नजिक

धनगढी । डिसिए धनगढीविरुद्ध ६ विकेटको जित निकाल्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको उपाधि नजिक पुगेको छ ।

आइतबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धनगढीले प्रस्तुत गरेको १०९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । अत्तरियाका लागि शंकर रानाले ५५ बलमा चार छक्का र तीन चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी दिपेश कंडेलले २४ र भीम सार्कीले १६ रन बनाए ।

धनगढीका लागि हिक्मत महराले दुई तथा ललितनारायण राजवंशी, भोजराज भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा सबै विकेट गुमाउँदै १०८ रनको योगफल तयार पारेको थियो । धनगढीका लागि मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३ र लोकेश बमले ११ रन बनाए ।

अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले समान दुई तथा राशिद खान, दिपेश कंडेल र शाहब आलमले समान एक विकेट लिए ।

अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स क्लब डडेलधुराको सामना गर्नेछ । फ्रेन्ड्स न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।   


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।