माघ १७, २०८२ शनिबार | २१:५६:०५
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

पहिलो जितको लक्ष्यमा रहेको नेपाललाई थाइल्यान्डले दियो १०७ रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो जितको लक्ष्यमा रहेको नेपालसामू १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल खडा गरेको हो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुवाङले २८ बलमा एक चौकासहित सर्वाधिक २७ रन जोडिन् । त्यस्तै सातौं नम्बरका ब्याटर थिपात्चा पुथावङले २५ रन बनाइन् । यसैगरी तेस्रो नम्बरका ब्याटर नन्नापात कोन्चारोएन्काईले १९ रन जोड्दा ओपनर अफिसरा सुवानचोनराथीले १७ रनको योगदान गरिन् । अर्का ओपनर नटया बूचाथाम १० रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि स्पीनर मनिषा उपाध्यायले चार ओभरमा एक मेडनसहित १८ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै पूजा महतो, रुविना क्षेत्री र रचना चौधरीको नाममा एक विकेट रह्यो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रचनाले डेब्यु विकेट हासिल गरेकी हुन् ।

थाइल्यान्डविरुद्ध पनि नतिजा आफ्नो पक्षमा पार्न नसके नेपालको उपाधि सम्भावना समाप्त हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।