काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको डिजिटल प्रसारण अधिकार एडिआर स्पोर्टसले प्राप्त गरेको छ ।
गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गते प्रतियोगिताको डिजिटल प्रसारण अधिकार प्राप्त गरेसँगै एडिआर स्पोर्टसले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट खेलहरू प्रत्यक्ष प्रसारण गर्नेछ ।
टेलिभिजनमा भने प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने छ ।
नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोड-११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा तथा समुह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमान्डौं न्यु होराईजन बुटबल छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा भिड्नेछन् ।