चैत्र १६, २०८२ सोमबार | १५:०४:३०
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का
शनिबारको दिन

खेलाडी डटकमः हप्ताका ७ फोटो

काठमाडौं । नेपाली खेलकुद यस साता निकै ब्यस्त रह्यो । महिला राष्ट्रिय लिग सम्पन्न भयो । पहिलो पटक आयोजना भएको फ्रेन्चाइज कबड्डी लिग र सभापति कम पनि सम्पन्न भएका छन् । साताभरी खेलाडी डटकमका फोटो पत्रकार सरोज सापकोटाले खिचेका हुन् । 

नेपाली खेलकुदका सबै गतिविधिलाई समर्थकसामू पुर्याउने प्रयासस्वरुप निरन्तर मैदानमा खटिने क्रममा खेलाडी डटकमको क्यामेराले कैद गरेका तस्विरहरूबाट वितेको हप्ताका रोचक क्षणहरु ‘साताको फोटो’ शीर्षकमा प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

 

 अनु लामालाई कप्तनी आर्मब्यान्ड लगाइदिँदै रेनुका नगरकोटे । अनुले यही खेलमार्फत आफ्नो करिअरको अन्त्य गर्ने निर्णय लिएकी थिइन् ।  

 

सभापति कप फुटबल प्रतियोगिताको फाइनमा संकटा क्लबसँग पराजित भएपछि आयोजक लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशका कप्तान विकेश कुथु । 
नेपाल कबड्डी लिगको दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्दै काठमाडौं म्याभरिक्स (नीलो) र विराटनगर ब्यान्डिट्स ।  
सभापति कपमा खेल निरिक्षण गर्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याथ्यू रस ।  
सभापति कपमा फ्रेन्ड्स क्लबविरुद्ध एनआरटीका कप्तान अञ्जन विष्टको सानदार हेड । त्यही हेडमा अञ्जनले दर्शनीय गोल गरेका थिए ।  
पहिलो संस्करणको नेपाल कबड्डी लिग च्याम्पियन जनकपुर बोल्ट्स । 
राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो क्वालिफायरमा आर्मीविरुद्धको खेल पेनाल्टी सुटआउटमा गएपछि खेलाडीलाई सम्झाउँदै पुलिसका प्रशिक्षक भोलानाथ सिलवाल ।