माघ १८, २०८२ आइतबार | १५:२५:४६
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

सुदूरपश्चिमको विजयी यात्रा जारी

फाइल तस्विर

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले कर्णाली प्रदेशविरुद्ध १० विकेटको सानदार जित दर्ता गर्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको सुदूरपश्चिम समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । दोस्रो पराजय बेहोरेको कर्णालीको समान खेलबाट एक अंक छ ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले र लुम्बिनी प्रदेशलाई ६५ रनले हराएको थियो । यता एपिएफसँग १११ रनको हार बेहोरेको कर्णालीले गण्डकीसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

कर्णालीले प्रस्तुत गरेको २१ रनको लक्ष्य सुदूरपश्चिमले मात्रै १.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले पाँच रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित पाँच ओभरमा सात विकेट गुमाउँदै २० रनको योगफल तयार पारेको थियो । हिजोको वर्षाले आउट फिल्डमा पानी जमेका कारण टस ढिलो भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो ।

कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि आशिकाले तीन, कविता कुँवरले दुई र ऋतु कनौजियाले एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।