चैत्र ९, २०८२ सोमबार | १४:५८:५५
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

सुदूरपश्चिमको विजयी यात्रा जारी

फाइल तस्विर

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले कर्णाली प्रदेशविरुद्ध १० विकेटको सानदार जित दर्ता गर्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको सुदूरपश्चिम समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । दोस्रो पराजय बेहोरेको कर्णालीको समान खेलबाट एक अंक छ ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले र लुम्बिनी प्रदेशलाई ६५ रनले हराएको थियो । यता एपिएफसँग १११ रनको हार बेहोरेको कर्णालीले गण्डकीसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

कर्णालीले प्रस्तुत गरेको २१ रनको लक्ष्य सुदूरपश्चिमले मात्रै १.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले पाँच रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित पाँच ओभरमा सात विकेट गुमाउँदै २० रनको योगफल तयार पारेको थियो । हिजोको वर्षाले आउट फिल्डमा पानी जमेका कारण टस ढिलो भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो ।

कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि आशिकाले तीन, कविता कुँवरले दुई र ऋतु कनौजियाले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो