चैत्र १४, २०८२ शनिबार | १५:५४:१०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अर्जुन ट्रफी माघ तेस्रो साता

प्रतियोगिताको ट्रफी अनावरण गरिदै ।

धनगढी । गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिहीबार आयोजकले धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको गर्दै आठ टोली सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

‘प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा अस्थायी प्याराफिट पनि जडान भइससेको छ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेट विकाशमा महत्वपूर्ण योगदान गरेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी)काठमान्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोस्टन क्रिकेट झापाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी टोलीले ‘ए’ क्याटोगोरीका चार तथा 'बी' र ‘सी’ क्याटोगोरीका समान ६ खेलाडी समावेश गर्न पाउनेछन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम तथा ‘बी’ क्याटोगोरीमा नेपालको ‘ए’, यु-१९ टिमका तथा प्रदेशस्तरीय सिनियर खेलाडी छन् ।

यसैगरी ‘सी’ यु-१६ राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ टोलीका तथा अन्य खेलाडी छन् ।

 पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो