माघ १७, २०८२ शनिबार | २१:४१:५२
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

अर्जुन ट्रफी माघ तेस्रो साता

प्रतियोगिताको ट्रफी अनावरण गरिदै ।

धनगढी । गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिहीबार आयोजकले धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको गर्दै आठ टोली सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

‘प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा अस्थायी प्याराफिट पनि जडान भइससेको छ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेट विकाशमा महत्वपूर्ण योगदान गरेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी)काठमान्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोस्टन क्रिकेट झापाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी टोलीले ‘ए’ क्याटोगोरीका चार तथा 'बी' र ‘सी’ क्याटोगोरीका समान ६ खेलाडी समावेश गर्न पाउनेछन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम तथा ‘बी’ क्याटोगोरीमा नेपालको ‘ए’, यु-१९ टिमका तथा प्रदेशस्तरीय सिनियर खेलाडी छन् ।

यसैगरी ‘सी’ यु-१६ राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ टोलीका तथा अन्य खेलाडी छन् ।

 पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए  ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।