चैत्र १३, २०८२ शुक्रबार | २०:२४:५४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

आर्मीविरुद्ध मधेश फलो अनमा

मधेशविरुद्ध पहिलो इनिङमा ६ विकेट लिएका शाहब आलम, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध १२१ रनको फराकिलो अग्रता लिएको छ ।

फलो अनमा परेको मधेश दोस्रो इनिङमा कुनै पनि विकेट नगुमाइ दुई रन बनाएर खेलिरहेको छ । अहिले हिमान्शु दत्त र मायन यादव क्रिजमा छन् ।

मधेशले यही स्थितीबाट आइतबार दोस्रो दिनको सुरुआत गर्नेछ ।

पहिलो इनिङमा १०२ रनमै समेटिएपछि मधेशले फलो अनको सामना गरेको थियो । मधेशका लागि कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मायन यादवले ११ र प्रदीप पासवानले १० रन बनाए  ।

आर्मीका लागि शाहब आलमले ६ तथा सोमपाल कामी, बसिर अहमद र पवन कार्कीले समान एक विकेट लिए ।

त्यसअघि वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २२५-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

आर्मीका लागि बसिर अहमदले ९८ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी भीम सार्कीले ९३ बलमा ६ चौकाको मद्दतले ५२ र इम्रान शेखले ४२ रन जोडे ।

मधेशका लागि रञ्जित कुमारले पाँच, प्रदीप पासवानले दुई तथा अभिषेक तिवारी र हरिशंकर साहले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो