माघ १५, २०८२ बिहीबार | १९:०५:०३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

ट्‍वान्टी २० विश्‍वकप युएईमा हुने !

मुम्बई, (खेलाडी)- भारतमा कोभिड १९ को महामारी नियन्त्रणमा नआएका कारण यो वर्षको ट्‍वान्टी २० विश्‍वकप संयुक्त अरब इमिरेट्स (युएई)मा हुने पक्का भएको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) स्रोतलाई उधृत गर्दै अन्तर्राष्‍ट्रिय सञ्‍चार माध्यमहरुले जनाएका छन् । 

विश्‍वकै दोस्रो धेरै जनसंख्या भएको देशमा गत वर्षदेखि महामारीले विकराल रुप लिन थालेको थियो । जसका कारण भारत लामो समयको लकडाउनबाट विस्तारै खुल्ला हुने क्रममा छ । 

यो वर्ष संक्रमण झनै बढ्दा भारतको अवस्था निक्कै नाजुक भएको थियो । भारतमा अत्यन्तै सांक्रामक प्रकारको भाइरस फेला पर्दा लकडाउनलाई खुकुलो पार्ने योजना पनि लामो समयसम्म प्रभावित भएको थियो ।

भारतमा अहिलेसम्म आधिकारिक रुपमै ३ करोड १ लाख ८० हजारभन्दा बढिमा संक्रमण पुष्‍टी भइसकेको छ भने ३ लाख ९४ हजार ४ सय ९३ जनाको मृत्यु सरकारी तथ्यांकमै छ । 

१६ टिम सहभागि हुने विश्‍वकपको स्थानीय आयोजक बिसिसिआईले देशमा कोभिडको संक्रमण थेगिनसक्नु गरी बढ्न थालेपछि गत मे महिनामा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गर्नुपरेको थियो । 

विश्‍वको सबभन्दा धनी ट्‍वान्टी २० लिगका बाँकी खेलहरु युएईमै हुने भएका छन् । गत वर्ष पनि भारतमा कोभिडको महामारीका कारण गर्न सम्भव नभएपछि आइपिएलका खेलहरु युएईमै गराइएको थियो । यसपालीका बाँकी खेलहरु विश्‍वकपअघि अक्टोबरको मध्यमा गरिने योजना छ । 

‘हामीले सम्भव भएसम्म सुरक्षित तरिकाले विश्‍वकप आयोजना गरे पनि तेस्रो लहरको आशंका भइरहेका बेला कतिपय देशले भारत भ्रमण गर्न अस्विकार गर्न सक्छन् । त्यसो भएमा सबै तयारी अर्थहिन हुन्छ र प्रतियोगिता अर्को स्थानमा सार्न पनि समय नहुन सक्छ,’ बेलायती समाचार संस्था रोयटर्सले बिसिसिआईको स्रोतलाई उधृत गर्दै आफ्नो समाचारमा उल्लेख गरेको छ, ‘अबको दुई दिनमा हामी एउटा ठोष निर्णयमा पुग्‍नेछौं । त्यसपछि अन्तर्राष्‍ट्रिय क्रिकेट परिषदलाई जानकारी गराउँछौं ।’

रोयटर्सका अनुसार भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं बिसिसिआई प्रमूख सौरव गांगुलीले अन्तिम निर्णय भइनसकेको बताएका छन् भने आइसिसीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

दुबई, सारजहाँ र अबुधाबीमा अन्तर्राष्‍ट्रिय स्तरका क्रिकेट मैदान भएको कारण भारत र पाकिस्तान दुवै देशले घरेलु ट्‍वान्टी २० लिगका अन्तिम चरणका खेलहरु गराउन युएईलाई रोजेका छन् । 

अबुधाबीले बिहीबारको फाइनलसहित पाकिस्तान सुपर लिग सिजनका बाँकी २० खेल आयोजना गरेको थियो । कोभिड १९ को महामारीकै कारण पाकिस्तान क्रिकेट बोर्डले मार्चमा देशभित्र भइरहेको लिग स्थगित गर्ने निर्णय लिएको थियो । 

विश्‍व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले प्रतियोगिता आयोजनाको सन्दर्वमा निर्णय लिन बिसिसिआईलाई जुन २८ (सोमबार) सम्मको समय दिएको छ । भारतीय बोर्डले चाहेमा प्रतियोगिता आयोजनाको अधिकार रक्षा गर्न सक्छ ।

तर क्रिकेट वेभसाइट इएसपिएन क्रिकइन्फोले भने अक्टोबर १७ बाट युएईमा ट्‍वान्टी २० विश्‍वकप हुने समाचार प्रकाशित गरेको छ । 

समाचारअनुसार विश्‍वकपको पहिलो चरणका खेलहरु युएई र छिमेकी ओमानमा हुनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।