चैत्र ६, २०८२ शुक्रबार | १२:४२:३७
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

ट्‍वान्टी २० विश्‍वकप युएईमा हुने !

मुम्बई, (खेलाडी)- भारतमा कोभिड १९ को महामारी नियन्त्रणमा नआएका कारण यो वर्षको ट्‍वान्टी २० विश्‍वकप संयुक्त अरब इमिरेट्स (युएई)मा हुने पक्का भएको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) स्रोतलाई उधृत गर्दै अन्तर्राष्‍ट्रिय सञ्‍चार माध्यमहरुले जनाएका छन् । 

विश्‍वकै दोस्रो धेरै जनसंख्या भएको देशमा गत वर्षदेखि महामारीले विकराल रुप लिन थालेको थियो । जसका कारण भारत लामो समयको लकडाउनबाट विस्तारै खुल्ला हुने क्रममा छ । 

यो वर्ष संक्रमण झनै बढ्दा भारतको अवस्था निक्कै नाजुक भएको थियो । भारतमा अत्यन्तै सांक्रामक प्रकारको भाइरस फेला पर्दा लकडाउनलाई खुकुलो पार्ने योजना पनि लामो समयसम्म प्रभावित भएको थियो ।

भारतमा अहिलेसम्म आधिकारिक रुपमै ३ करोड १ लाख ८० हजारभन्दा बढिमा संक्रमण पुष्‍टी भइसकेको छ भने ३ लाख ९४ हजार ४ सय ९३ जनाको मृत्यु सरकारी तथ्यांकमै छ । 

१६ टिम सहभागि हुने विश्‍वकपको स्थानीय आयोजक बिसिसिआईले देशमा कोभिडको संक्रमण थेगिनसक्नु गरी बढ्न थालेपछि गत मे महिनामा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गर्नुपरेको थियो । 

विश्‍वको सबभन्दा धनी ट्‍वान्टी २० लिगका बाँकी खेलहरु युएईमै हुने भएका छन् । गत वर्ष पनि भारतमा कोभिडको महामारीका कारण गर्न सम्भव नभएपछि आइपिएलका खेलहरु युएईमै गराइएको थियो । यसपालीका बाँकी खेलहरु विश्‍वकपअघि अक्टोबरको मध्यमा गरिने योजना छ । 

‘हामीले सम्भव भएसम्म सुरक्षित तरिकाले विश्‍वकप आयोजना गरे पनि तेस्रो लहरको आशंका भइरहेका बेला कतिपय देशले भारत भ्रमण गर्न अस्विकार गर्न सक्छन् । त्यसो भएमा सबै तयारी अर्थहिन हुन्छ र प्रतियोगिता अर्को स्थानमा सार्न पनि समय नहुन सक्छ,’ बेलायती समाचार संस्था रोयटर्सले बिसिसिआईको स्रोतलाई उधृत गर्दै आफ्नो समाचारमा उल्लेख गरेको छ, ‘अबको दुई दिनमा हामी एउटा ठोष निर्णयमा पुग्‍नेछौं । त्यसपछि अन्तर्राष्‍ट्रिय क्रिकेट परिषदलाई जानकारी गराउँछौं ।’

रोयटर्सका अनुसार भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं बिसिसिआई प्रमूख सौरव गांगुलीले अन्तिम निर्णय भइनसकेको बताएका छन् भने आइसिसीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

दुबई, सारजहाँ र अबुधाबीमा अन्तर्राष्‍ट्रिय स्तरका क्रिकेट मैदान भएको कारण भारत र पाकिस्तान दुवै देशले घरेलु ट्‍वान्टी २० लिगका अन्तिम चरणका खेलहरु गराउन युएईलाई रोजेका छन् । 

अबुधाबीले बिहीबारको फाइनलसहित पाकिस्तान सुपर लिग सिजनका बाँकी २० खेल आयोजना गरेको थियो । कोभिड १९ को महामारीकै कारण पाकिस्तान क्रिकेट बोर्डले मार्चमा देशभित्र भइरहेको लिग स्थगित गर्ने निर्णय लिएको थियो । 

विश्‍व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले प्रतियोगिता आयोजनाको सन्दर्वमा निर्णय लिन बिसिसिआईलाई जुन २८ (सोमबार) सम्मको समय दिएको छ । भारतीय बोर्डले चाहेमा प्रतियोगिता आयोजनाको अधिकार रक्षा गर्न सक्छ ।

तर क्रिकेट वेभसाइट इएसपिएन क्रिकइन्फोले भने अक्टोबर १७ बाट युएईमा ट्‍वान्टी २० विश्‍वकप हुने समाचार प्रकाशित गरेको छ । 

समाचारअनुसार विश्‍वकपको पहिलो चरणका खेलहरु युएई र छिमेकी ओमानमा हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो