माघ १७, २०८२ शनिबार | ११:१५:३८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मुलपानी क्रिकेट रंगशाला पुगेका पूर्व मन्त्री भन्छन् - ‘कछुवा गतिको निर्माण कार्यले साह्रै मन दुख्यो’

काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बुधबार मुलपानीस्थित निर्माणाधिन क्रिकेट रंगशाला भ्रमण गरेका छन् ।

पाँच वर्षअघि आफू मन्त्री हुँदाको अवस्थाभन्दा अहिले पनि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुनै थप काम भएको नदेखेको पूर्व मन्त्री श्रीपालीले खेलाडीलाई बताए । मन्त्रीका रुपमा कार्यकाल सकिएपछि पनि बारम्बार मुलपानी क्रिकेट रंगशाला भ्रमणमा गइरहने श्रीपालीले राष्ट्रीय गौरवको योजनाका रुपमा चाँढै यसको निर्माण सम्पन्न गराउन सरकारलाई आह्वान गरे ।

‘मुलपानी क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शान बन्न सक्छ भन्ने सोचेर मैले आफ्नो पालामा गरेको लगानीभन्दा माथि त अहिले पनि केही देखिएन,’ खेलाडीसँग पूर्व मन्त्री श्रीपालीले भने, ‘यो रंगशालाको निर्माण चाँडै सम्पन्न गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु ।’

कुनै पनि खेल जीवित रहनका लागि पनि सबभन्दा पहिला खेल्ने ठाउँको आवस्यकता हुने बताउँदै पूर्व मन्त्री श्रीपालीले भौतिक पूर्वाधारको नियमित अनुगमन र निरिक्षणका लागि सबै पक्षलाई आह्वान गरे ।

‘मन्त्रालय, राखेप र सम्बन्धित संघमात्र नभई खेलाडी र खेलप्रेमीले पनि भौतिक पूर्वाधारको नियमित अनुगमन र निरिक्षण गर्नुपर्छ । त्यसो भयो भने सम्बन्धित निकायलाई दबाब हुन्छ,’ उनले थपे, ‘वास्तवमै यो नेपाली खेलकुद र समग्र नेपालको गौरव अर्को स्तरमा उठाउने सम्भावना बोकेको रंगशाला हो । त्यसैले यसलाई भव्य, आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरमा तत्काल निर्माण सम्पन्न गर्नका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।