चैत्र ७, २०८२ शनिबार | २०:५०:१५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मुलपानी क्रिकेट रंगशाला पुगेका पूर्व मन्त्री भन्छन् - ‘कछुवा गतिको निर्माण कार्यले साह्रै मन दुख्यो’

काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बुधबार मुलपानीस्थित निर्माणाधिन क्रिकेट रंगशाला भ्रमण गरेका छन् ।

पाँच वर्षअघि आफू मन्त्री हुँदाको अवस्थाभन्दा अहिले पनि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुनै थप काम भएको नदेखेको पूर्व मन्त्री श्रीपालीले खेलाडीलाई बताए । मन्त्रीका रुपमा कार्यकाल सकिएपछि पनि बारम्बार मुलपानी क्रिकेट रंगशाला भ्रमणमा गइरहने श्रीपालीले राष्ट्रीय गौरवको योजनाका रुपमा चाँढै यसको निर्माण सम्पन्न गराउन सरकारलाई आह्वान गरे ।

‘मुलपानी क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शान बन्न सक्छ भन्ने सोचेर मैले आफ्नो पालामा गरेको लगानीभन्दा माथि त अहिले पनि केही देखिएन,’ खेलाडीसँग पूर्व मन्त्री श्रीपालीले भने, ‘यो रंगशालाको निर्माण चाँडै सम्पन्न गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु ।’

कुनै पनि खेल जीवित रहनका लागि पनि सबभन्दा पहिला खेल्ने ठाउँको आवस्यकता हुने बताउँदै पूर्व मन्त्री श्रीपालीले भौतिक पूर्वाधारको नियमित अनुगमन र निरिक्षणका लागि सबै पक्षलाई आह्वान गरे ।

‘मन्त्रालय, राखेप र सम्बन्धित संघमात्र नभई खेलाडी र खेलप्रेमीले पनि भौतिक पूर्वाधारको नियमित अनुगमन र निरिक्षण गर्नुपर्छ । त्यसो भयो भने सम्बन्धित निकायलाई दबाब हुन्छ,’ उनले थपे, ‘वास्तवमै यो नेपाली खेलकुद र समग्र नेपालको गौरव अर्को स्तरमा उठाउने सम्भावना बोकेको रंगशाला हो । त्यसैले यसलाई भव्य, आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरमा तत्काल निर्माण सम्पन्न गर्नका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो