चैत्र ३, २०८२ मंगलबार | ०८:४१:५०
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा

लुम्बिनी लायन्स, फाइल तस्विर ।

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपिएल) अन्तगर्त शुक्रबारको दोस्रो खेलमा एक अर्काको सामना गर्दा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स पहिलो जितको लक्ष्यमा हुनेछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

लुम्बिनी दोस्रो र पोखरा तेस्रो खेल खेल्दैछन् । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित हुँदा पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार ब्यहोरेको थियो ।

रोहिकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीका लागि अर्जुन साउद, दुर्गेश गुप्ता जस्ता घरेलु खेलाडी निर्णायक बन्न सक्छन् । विराटनगरविरुद्ध अर्जुन साउदले १७ रन प्रहार गर्दा दुर्गेशले तीन विकेट लिएका थिए ।

लुम्बिनीको प्रमुख विदेशी खेलाडी हुन् साद बिन जफर । उनले विराटनगर किंग्सविरुद्ध १५ रन बनाउनुका साथै दुई विकेट पनि लिएका थिए । यसैगरी लुम्बिनीले टम मुर्स, बेन कटिङ र रेमोन सिमन्ड्सलाई पनि मैदान उतार्ने सम्भावना छ । टोलीसँग उन्मुक्त चन्द पनि विकल्पकाका रूपमा रहनेछन् ।

पोखरा एभेन्जर्स, फाइल तस्विर ।

यता कुशल भर्तेलको कप्तानी रहेको पोखराका लागि सागर ढकाल, नारण जोशी जस्ता घरेलु खेलाडी निर्णायक बन्न सक्छन् । उनीहरुले आफ्नो स्वभाविक लय समात्न नसके पनि जुन सुकै बेला विपक्षीमाथि हाबी बन्न सक्ने क्षमता राख्छन् ।

चितवनविरुद्ध ३० रन बनाएका नारायण जनकविरुद्ध पाँच रनमा खविजित रहे  । यता  चितवनविरुद्ध एक विकेट लिएका सागर जनकपुरविरुद्ध भने विकेट विहिन रहे ।

पोखराको प्रमुख विदेशी खेलाडीका रूपमा रहेनछन् आन्द्रेस गौस । उनले जनकपुर बोल्ट्सविरुद्ध ३५ रन प्रहार गरेका थिए ।

यसैगरी पोखराले माइकल लिस्क, रेमोन रिफर, मार्कस क्रिटलेमाथि विश्वास गर्ने सम्भावना छ । टोलीसँग बास डी लिडे पनि विकल्पकाका रूपमा रहेनछन् । 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने