काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । यससँगै उनी एनपिएलमा अनुबन्ध हुने विदेशी खेलाडी बनेका छन् ।
पोखराले समाजिक सञ्जालमार्फ ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दियो । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।
उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन प्रहार गरेका छन् । गौले अमेरिकाका लागि सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यू गरेका थिए ।
पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् । गौसले पहिलो पटक नेपालमा लिग खेल्न उत्साहित रहेको बताए ।
यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।
पोखराको मार्की खेलाडीमा मा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।