काठमाडौं । भारतले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बुधबार श्रीलंकाविरुद्ध ८२ रनको सानदार जित दर्ता गरेको छ ।
जितसँगै तीन खेलमा चार अंक जोडेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित श्रीलंका
दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ९० रनमै समेटियो ।
श्रीलंकाका लागि काविसा दिलहरी २१, अनुष्का सञ्जिवनीले २० र एमा कञ्चनाले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि अरुन्धती रेड्डी र आशा सोभनाले समान तीन, रेनुका सिंहले दुई तथा श्रीयन्का पाटिल र दिप्ति शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले २७ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाइन् । यसैगरी स्मृति मन्धनाले ३८ बलमा चार चौका र एक छक्काको मद्दतले ५०,शफाली वर्माले ४३ र जेमिमा रोड्रिग्वेजले १६ रन बनाए ।
पहिलो विकेटका लागि स्मृति र शफालीले ९८ रनको सझेदारी गरे । श्रीलंकाका लागि कप्तान चमारी अथापथ्थु र एमा कञ्चनाले समान एक विकेट लिए ।