काठमाडौं । इङ्लिस टोलीका कप्तान जोस बटलरले टोलीमा पुनरागमन गरेका छन् ।
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि बटलरको कप्तानीमा टोली घोषणा गर्यो ।
यसैगरी जाफर चौहान, डान मुस्ले र जोन टर्नरले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।
चोटका कारण बटलरले अस्ट्रेलियविरुद्धको ट्वान्टी-२० र एकदिवसीय शृंखला गुमाएका थिए । बटलरको अनुपस्थितीमा ह्यारी ब्रुकले कप्तानी जिम्मेवारी सम्हालेका थिए ।
पिँडुलाको चोटका कारण बटलर ट्वान्टी-२० विश्वकपपछि मैदानमा देखिएका छैनन् ।
इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वान्टी-२० शृंखला खेल्नेछ।
इङ्ल्यान्डको टोली
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, जाकोब बेटहिल, जाफर चौहान, साम करन, विल ज्याक्स, लियम लिभिङ्स्टोन, साकिब महमुद, डेन मुस्ले, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, रिस टोप्ली, जोन टर्नर