चैत्र १५, २०८२ आइतबार | ०८:१४:३९
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

सुदुरपश्चिम फाइनलमा

काठमाडौं । वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । 

शुक्रबार र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बागमती प्रदेशलाई आठ विकेटले हराउँदै सुदुरपश्चिम प्रदेशले उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि लुम्बिनीले ६ खेलमा १० अंंकसहित समूह विजेताका रुपमा फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । सुदुरपश्चिम भने ६ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

बागमतीले प्रस्तुत गरेको  ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३.१ ओभरमा मात्र दुई विकेटको क्षतीमा पूरा ग¥यो ।

सुदुरपश्चिमका लागि ओपनर नरेन भट्टले ५८ बलमा ६ चौका मद्दतमा ३७ तथा मध्यक्रमका ब्याटर राहुल भण्डारीले ३९ बल खेल्दै पाँच चौका मद्दतमा अविजित ३१ रन जोडे ।

बागमतीका प्रतिस जिसी र गौतम केसीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको बागमतीले ३०.१ ओभरमा ९५ रनमा सीमित भएको थियो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जाेडे  । उनले ७५ बलमा चार चौका प्रहार गरेका थिए ।

यस्तै क्रिस कार्कीले ३० बलमा एक छक्का र दुई चौका मद्दतमा १७ रन बनाए ।

बागमतीलाई सस्तोमा सीमित पार्ने क्रममा सुदुरपश्चिमका हेमन्त धामीले पाँच विकेट र  शेर मल्लले चार विकेट हात पारे । 

फाइनल खेल आइतबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो