चैत्र ७, २०८२ शनिबार | १९:२४:१२
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

श्रीलंकालाई २७ वर्षपछि भारतविरुद्धको एकदिवसीय शृंखला

काठमाडौं । श्रीलंकाले २७ वर्षपछि भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ । घरेलु टोली श्रीलंकाले तीन खेलको शृंखला २-० ले आफ्ना पक्षमा पर्यो ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा बुधाबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा श्रीलंका ११० रनले विजयी भयो । शृंखलाको पहिलो खेल ‘टाइ’ हुँदा दोस्रो खेलमा श्रीलंका ३२ रनले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १३८ रनमै समेटियो । भारतका लागि कप्तान रोहित शर्माले ४५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० तथा एकदिवसीय अन्तर्राष्ट्रियमा  डेब्यू गरेका रियान परागले १५ रन बनाए । 

श्रीलंकाका लागि दुनिथ विलालागेले ५.१ ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी जेफ्री भेन्डारसे र महेश तिक्क्षणा समन दुई तथा आसिथा फर्नाडाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४८ रन बनाएको थियो ।

श्रीलंकाका लागि अविष्का फर्नान्डोले १०२ बलमा नौ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे । यसैगरी कुशल मेन्डिसले ८२ बलमा चार चौकाको मद्दतले ५९, पथुम निसंकाले ४५, कमिन्दु मेन्डिसले अविजित २३ र कप्तान चरिथ असलंकनले १० रन बनाए । 


फर्नान्डोल पहिलो विकेटका लागि निसंकासँग ८९ र दोस्रो विकेटका लागि मेन्डिससँग ८२ रनको साझेदारी गरे ।

भारतका लागि गरेका रियान परागले तीन तथा वासिङ्टन सुन्दर, मोहम्मद सिराज, कुलदिप यादव र अक्षर पटेलले समान एक विकेट लिए ।

श्रीलंकाले पछिल्लो पटक सन् १९९७ मा भारतविरुद्ध एकदिवसीय शृंखला जितेको थियो । त्यसयताका लगातार ११ शृंखलामा श्रीलंका पराजित भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो