चैत्र ७, २०८२ शनिबार | १९:४८:२४
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

महिला ट्वान्टी-२० विश्वकप बंगलादेशबाट सर्ने सम्भावना

काठमाडौं । राजनितिक अवस्थाका कारण आइसिसी महिला ट्वान्टी-२० विश्वकप बंगलादेशबाट सर्ने सम्भावना बढेको छ ।

यदी बंगलादेशमा प्रतियोगिता आयोजना गर्न सम्भव नभए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भारत, युएई र श्रीलंकालाई वैकल्पिक स्थानका रूपमा हेरेको छ। १० टोलीको सहभागिता रहने प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने तय छ ।

बंगलादेशमा विगत केही सातादेखि सरकार विरोधी आन्दोलन चलिरहेको छ, जसमा धेरैको मृत्यु भएको छ। आन्दोलन उग्र हुँदा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पुगेकी छन् ।

हाल सेना प्रमुख जनरल वकार–उज–जमानले अन्तरिम सरकार गठन गर्ने उद्देश्यले कार्यभार सम्हालेका छन्। प्रदर्शनकारीले बंगलादेश क्रिकेट टोलीका पूर्व कप्तान मशरफ मोर्तजाको घर तोडफोड गरेका छन् । उनी हसिनाको अवामी लिग पार्टीका सांसद हुन्।

आइसिसीका एक अधिकारीका अनुसार बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्पहरू खुला राखिएको छ।

आइसिसीले बंगलादेशको पछिल्लो अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। हामी बंगलादेश क्रिकेट बोड( बसिसी), उनीहरूको सुरक्षा एजेन्सी र हाम्रा सुरक्षा सल्लाहकारहरूसँग निरन्तर छलफलमा छौं । हाम्रो प्राथमिकतामा सुरक्षा हो,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ।

सोमबारको घटनाक्रमपछि ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउने अस्ट्रेलिया, इङ्ल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बंगलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन्।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो