काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतकी कप्तान स्मृति मन्धनाले टस जितेर ब्याटिङको निर्णय लिइन् ।
नियमित कप्तान हरमनप्रित कौरको अनुस्थितीमा स्मृतिले भारतीय टोलीको नेतृत्व गरिरहेकी छन् ।
नेपाललाई सेमिफाइनल प्रवेशका लागि फराकिलो जित आवश्यक छ । यसअघि युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग नौ विकेटको हार ब्यहोरेको थियो ।
यता भारत शतप्रतिशत जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गरेको थियो ।
नेपाल र भारतबीच हालसम्म एक मात्र खेल भएको छ । सन् २०१६ को एसिया कपमा भारत ९९ रनले विजयी भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
