काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । दोस्रो टेस्टमा इङ्ल्यान्डले २४१ रनको फराकिलो जित निकाल्यो ।
जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड एक इनिङ र ११४ रनले विजयी भएको थियो ।
इङ्ल्यान्डले प्रस्तुत गरेको ३८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १४३ रनमै समेटियो । वेस्ट इन्डिङले चौथो दिन लक्ष्य पछ्याउन सुरु गरेको वेस्ट इन्डिज ३६.१ ओभर मात्र टिक्न सक्यो ।
वेस्ट इन्डिजका लागि कप्तान क्रेइग ब्रथवेटले ४७, जेसन होल्डरले ३७, मिकेल लुइसले १७ र जोसुवा डे सिल्भाले १४ रन बनाए ।
इङ्ल्यान्डका लागि सोएब बासिरले पाँच, क्रिस वोक्स र गस एट्किन्सनले समान दुई तथा मार्क उडले एक विकेट लिए ।
इङ्ल्यान्डले दोस्रो इनिङमा ४२५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जो रुटले १७८ बलमा १० चौकाको मद्दतले सर्वाधिक १२२ रनको योगदान गरे ।
यसैगरी ह्यारी ब्रुकले १३२ बलमा १२ चौकाको मद्दतले १०९, बेन डुकेटले ७६, पेप ओलीले ५१, गस एट्किन्सले अविजित २१ र क्रिस वोक्सले १२ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेडन सिल्सले चार, अल्जारी जोसेफले दुई तथा शमर जोसेफ, केविन सिनक्लियर र जेसन होल्डरले समान एक विकेट लिए ।
त्यसअघि ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४१६ रन बनाएको थियो । ४५७ रन बनाएपछि वेस्ट इन्डिजले पहिलो इनिङमा ४१ रनको सामान्य अग्रता लिएको थियो ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबारदेखि सुरु हुनेछ ।