चैत्र १४, २०८२ शनिबार | ०५:०७:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तिम अभ्यास खेलमा नेपालको रोमाञ्चक जित

काठमाडौं । श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी-२० अभ्यास खेलमा नेपाली महिला टोलीले दुई रनको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोली १९‍‍.५ ओभरमा ११० रनमै समेटियो। श्रीलंकन टोलीका लागि बलासूर्याले ३८, नेत्राञ्जलीले २६, निसन्सलाले १२ र सिवान्दीले १० रन बनाए ।

नेपालका लागि कविता जोशीले तीन, कीर्तिका मरासिनीले दुई तथा कप्तान इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३७, विन्दु रावलले २०, सीता रनामगरले १५ र सम्झना खड्काले १० रन बनाए ।

श्रीलंकन टोलीका लागि थन्नाकोनीले दुई तथा इन्दुवारी शिवान्दी र मिथसराले समान एक विकेट लिए । 

यसअघि नेपाल ३३ रन र चार विकेटले पराजित भएको थियो । नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलेको हो ।

नेपालले जुलाई १९ मा युएईसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो