माघ १४, २०८२ बुधबार | १६:४६:५३
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

भारतलाई एक खेल अगावै ट्वान्टी-२० शृंखला

काठमाडौं। घरेलु टोली जिम्बावेविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला भारतले एक खेल आगवै आफ्नो पक्षमा पारेको छ।

हरारे स्पोर्टस क्लबमा शनिबार सम्पन्न चौथो खेलमा भारतले १० विकेटको सानदार जित निकाल्यो। यो जितसँगै भारतले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ।

जिम्बावेले प्रस्तुत गरेको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। भारतका लागि यशस्वी जैसवालले ५३ बलमा १३ चौका र तीन छक्काको मद्दतले ९३ तथा कप्तान शुभमन गिलले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५८ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो।

जिम्बावेका लागि कप्तान सिकन्दर राजाले ४६, टाडिवान्से मरुमनीले ३२, विस्ली मेधेभरेले २५ र डिओन मयर्सले १२ रन बनाए।

पहिलो विकेटका लागि टाडिवान्से र विस्लीले ६३ रनको साझेदारी गरेका थिए । भारतका लागि खलिल अहमदले दुई तथा तुषार देशपाण्डे, वासिङटन सुन्दर, अविशेक शर्मा र शिवम दुबेले समान एक विकेट लिए।

जिम्बावे १३ रन तथा भारत १०० रन र २३ ले विजयी भएका थिए । शृंखलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।